ललितपुर । ललितपुर महानगरपालिकाले महानगरभित्र पानीपुरी र चटपटे बेच्न रोक लगाइएको छ । पछिल्लो समय काठमाडौं उपत्यकामा हैजाका बिरामीहरु बढेसँगै पानीपुरीको पानीमा हैजाको जीवाणु हुनसक्ने खतरा भएपछि एक सातासम्मका लागि पानीपुरी र चटपटे बेच्न रोक लगाउने महानगरले निर्णय गरेको हो । महानगरको २९ वटै वडामा फैलिन नदिन पानीपुरीमा रोक लगाइएको छ ।
सोमबारबाट ललितपुर महानगरपालिकाका नगर प्रहरीहरुले ठेलामा पानीपुरी बेच्नेहरुलाई महानगरबाट हटाएका छन् । महानगरका नगर प्रहरी प्रमुख सिताराम हाछेथुका अनुसार तत्कालका लागि एक सातासम्म ठेला र रिक्सामा पानीपुरी तथा चटपटे बिक्रीमा रोक लगाइएको हो । हैजाको कारण दुषित पानी देखिए पछि अहिले कम्तीमा एक साता र हैजा नियन्त्रण नहुँदासम्म बिक्रीमा रोक लगाइएको हो, उनले भने, अर्को निर्णय नभएसम्म महानगरभरी ठेलामा पानीपुरी बेच्न पाइने छैन् ।
अब पसलभित्र पनि कस्तो पानी प्रयोग भइरहेको छ सोको आधारमा बिक्रीमा रोक लगाइनेछ । उनका अनुसार आइतबार माइकिङ गरी करिब ९ स्थानमा अनुगमन गरिएको छ । सोमबारदेखि बिक्री गरेको पाइएमा सामान नै जफत गरिनेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्