काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्सलाई मर्जरमा जान बीमा समितिले अन्तिम स्वीकृति दिएको छ । दुबै कम्पनीलाई बीमा समितिले गत बिहिबार मर्जरमा जान अन्तिम स्वीकृती दिएको हो । दुवै कम्पनीको असार २ गते बसेको विशेष साधारण सभाले मर्ज हुने प्रस्ताव पारित गरिसकेको छ ।
सभाले एभरेष्टको १०० कित्ता बराबर हिमालयन जनरलको ८५ किता अर्थात १ः०.८५ को स्वाप रेशियो कायम हुने गरी मर्जरमा जाने प्रस्ताव पारित गरेको छ । मर्जर पश्चात बन्ने कम्पनीको नाम हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेड हुनेछ भने केन्द्रीय कार्यालय बबरमहल, काठमाडौंमा रहने छ । हाल हिमालयन जनरल इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब १७ करोड ३५ लाख रुपैयाँ र एभरेष्ट इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब २५ करोड ४६ लाख रुपैयाँ रहेको छ ।
बिमा समितिले तोकिएको पुँजी पुर्याउनका लागि मर्जरको बाटो रोजेका हुन् । मर्जर पश्चात कम्पनीको चुक्ता पुँजी २ अर्ब १८ करोड १० लाख रुपैयाँ पुग्नेछ । एक आपसमा मर्ज हुने भएपछि हाल दुवै कम्पनीको सेयर कारोबार रोक्का भएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्