काठमाडौं । साताको कारोबारको दोस्रो दिन सोमबार सुनको मूल्य बढेको छ । आइतबार ९७ हजार ३ सयमा कारोबार भईरहेको छापावाला सुन आज ४ सयले बढेर ९७ हजार ७ सयमा कारोबार भइरहेको छ ।
यता चाँदीको मूल्य पनि १० रुपियाँले बढेर १ हजार २ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम सुनको मूल्य ८३ हजार ७ सय ६५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ७६ रुपैयाँ कायम गरेको छ ।