काठमाडौँ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ (एक्यान) को अध्यक्षमा चार्टड एकाउन्टेन्ट दीपक पाण्डे निर्विरोध निर्वाचित भएका छन् । हाल प्रभुलाइफ इन्स्योरेन्स लिमिटेडका लिमिटेडका संचालक, गरिमा क्यापिटल लिमिटेडका अध्यक्ष तथा विभिन्न व्यवसायमा समेत संग्लग्न रहेका पाण्डे यसअघि संघको उपाध्यक्षका रुपमासमेत एक कार्यकाल बिताईसकेका सिए हुन् ।
यस्तै संघको उपाध्यक्षमा सुशील घिमिरे र कोषाध्यक्षमा बर्षा बराल बिजयी भएकी छन् । घिमिरे यसअघि संघको कोषाध्यक्ष थिए । शनिबार भएको निर्वाचनमा प्रतिद्वन्दी तेज सुवेदीलाई पराजित गर्दै सुशील घिमिरे उपाध्यक्ष पदमा निर्वाचित भएका हुन् भने निकटम प्रतिद्वन्दी मिरा पोखरेललाई पराजित गर्दै बर्षा बराल कोषाध्यक्षमा बिजयी भएकी हुन् ।
यस्तै निकटतम प्रतिद्वन्दी नारायण कंडेललाई मात्र ७ भोटले हराएर प्रदीप सिग्देल संघको महासचिव पदमा निर्वाचित भएका छन् भने संघको कार्यकारी समितिको सदस्यमा शंकर अर्याल, बिबेक राम भण्डारी, सुजन सुवेदी र पृथ्वी पुन मगर निर्वाचित भएका छन् । संघको कार्यकारी समिति सदस्यमा महिलातर्फ भने अस्मिता त्रिपाठी निर्विरोध निर्वाचित भएकी छिन् ।
यस्तै प्रदेशतर्फ संघको प्रमुखमा प्रदेश नम्बर १ मा मनोज अधिकारी, मधेश प्रदेशमा अरविन्द कुमार खेतान, बागमती प्रदेशमा निशान पौडेल, गण्डकी प्रदेशमा सागर लामिछाने, लुम्बिनी प्रदेशमा प्रेम भुर्तेल कर्णाली प्रदेशमा छविलाल आचार्य, सुदूरपश्चिम प्रदेशमा लोकेन्द्र ऐर, र उपत्यका विशेष प्रदेशमा टिकाराम कार्की निर्विरोध निर्वाचित भएका छन् । नेपाल चार्टर्ड एकाउन्टेन्टट्स संघ नेपालमा चार्टर्ड एकाउन्टेन्टहरुको छाता संगठन हो । बि.सं.२०३४ सालमा स्थापना भएको संघमा हाल १५०० बढी सदस्यहरु छन् ।