×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपालमा लगानी गर्न अष्ट्रेलियन राजदूत वोल्कलाई अध्यक्ष मल्लको आग्रह

PRIME CA

नेपालमा लगानी गर्न अष्ट्रेलियन राजदूत वोल्कलाई अध्यक्ष मल्लको आग्रह

१४ असार २०७९, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले नेपालका लागि अष्ट्रेलियन राजदूत फेलीसिटी वोल्कसँग नेपालले नीतिगत क्षेत्रमा थुप्रै सुधार गरिसकेकाले ढुक्क भएर यहाँ लगानी गर्न आग्रह गरेका छन् ।

राजदूत फेलीसिटी र मल्लबीच आज चेम्बरको कार्यालयमा भएको भेटमा अध्यक्ष मल्लले जडीबुटी एवं खानीजन्य धातुको प्रशोधनसम्बन्धी उद्योगमा लगानी गरी अन्तर्राष्ट्रिय बजार प्रवद्र्धन गर्न उनीसँग आग्रह गरेका हुन् । अध्यक्ष मल्लले नेपाल र अष्ट्रेलियाबीच सिधा हवाई सेवा विस्तार गरेर दुवै देशले फाइदा लिनसक्ने बताए ।

नेपाल र अष्ट्रेलियाबीच कूटनीतिक सम्बन्ध विस्तार भएको ६० वर्ष पुगेको उपलक्ष्यमा आयोजित सो भेटवार्तामा राजदूत फेलीसिटीले नेपालबाट वार्षिक ५० हजार विद्यार्थी अध्ययनका लागि अष्ट्रेलिया जाने गरेको र उनीहरुको शैक्षिक सुधार तथा भविष्यका लागि अष्ट्रेलिया सरकारले उच्च प्राथमिकतामा राखेको बताए । – रासस

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: