काठमाडौँ । बैंकिङ कसूरको मुद्दामा फरार रहेकी एक प्रतिवादी पक्राउ परेकी छन् । रामेछाप जिल्ला खाँडादेवी गाउँपालिका वडा नं.५ घर भई हाल काठमाडौं गोकर्णेश्वर बस्ने ४२ बर्षिय विष्णु माया योन्जन सो कसुरमा पक्राउ परेकी हुन् ।
आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी-जानी जाहेरवालालाई झुक्यानमा पारी चेक काटी दिई बैंकिङ कसूरजन्य अपराध गरेको ठहर भएको थियो । उच्च अदालत पाटनले उनीमाथि बैंकिङ कसूर तथा सजाय ऐन २०६४ बमोजिम ३ दिन कैद र ७ लाख जरिवाना सुनाएको थियो। उनलाई टेकु, काठमाडौं पक्राउ गरी फैसला कार्यान्वयनको लागि ललितपुर जिल्ला अदालतमा पेश गरिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्