×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मिर्मिरे लघुवित्तले वुद्ध ज्योति लघुवित्तलाई एक्वायर गर्ने, प्रस्ताव पारित गर्न दुवै संस्थाद्वारा असार ३१ गते साधारणसभा आह्वान

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

मिर्मिरे लघुवित्तले वुद्ध ज्योति लघुवित्तलाई एक्वायर गर्ने, प्रस्ताव पारित गर्न दुवै संस्थाद्वारा असार ३१ गते साधारणसभा आह्वान

Artha Sarokar

१६ असार २०७९, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था र वुद्ध ज्योति लघुवित्त वित्तीय संस्थाले साधारणसभा एकै दिन गर्ने भएका छन् । दुवै कम्पनीले गाभ्ने–गाभिने प्रस्ताव पारित गर्न असार ३१ गते विशेष साधारण सभा गर्ने भएका हुन् । मिर्मिरेले वुद्ध ज्योति लघुवित्त वित्तीय संस्थालाई एक्वायर गर्ने भएको हो ।

मिर्मिरेको सभा होटल सारथी, धुलीखेलमा बिहान ११ बजे सुरु हुने भएको छ भने वुद्ध ज्योतिको सभा कम्पनीको केन्द्रीय कार्यालय लुम्बिनी साँस्कृतिक नगरपालिका पर्सा, रुपन्दैहीमा बिहान ११ बजे सुरु हुने भएको छ ।

दुवै कम्पनीले सभाको विशेष प्रस्तावका रुपमा डीडीएका आधारमा स्वाप रेसियो पारित गर्ने भएका छन् । यस्तै एक्वयारपछि कायम पुँजीका आधारमा प्रिमियममा एफपीओ निष्कासन गर्ने लगायतका एजेन्डा पनि कम्पनीहरुको छ । साथै कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि रहेको कम्पनीले जनाएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी