×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘लौ न ! धितोपत्र बोर्डका अध्यक्षज्यू, अव यति गरिदिनूपर्यो’

अर्थ सरोकार

प्रकाशित मिति : १७ असार २०७९, शुक्रबार

PRIME CA

‘लौ न ! धितोपत्र बोर्डका अध्यक्षज्यू, अव यति गरिदिनूपर्यो’

लगानीकर्ताको आन्दोलनपछि सेयर बजारमा धेरै राम्रा काम आशा गरिएका छन् । त्यसमा पनि जुझारु धितोपत्र बोर्डका अध्यक्षसँग सेयर लगानीकर्ता थप आशावादी छन् । पछिल्लो समय एकपछि अर्को राम्रो कामले बोर्ड स्वयम् पनि वाहवाहीको पात्र बनेको छ । यसका लागि धितोपत्र बोर्ड र फ्रन्टलाइन रेगुलेटर धन्यवादका पात्र अवश्य छन् ।

नेपाल स्टक एक्सचेन्ज र नेपाल धितोपत्र बोर्डले नयाँ सुविधा दिंदै आफ्नो सेवालाई गुणस्तरीय बनाउन गरेका कामहरु धन्यवाद दिन लायकका छन् । धितोपत्र बोर्डका अध्यक्ष यो कामका कमान्डर हुन् । लगानीकर्ताका पक्षमा गरिने सबै राम्रा काम र लगानीकर्ताका पक्षमा हुँदाहुँदै पनि अड्किएका सबै कामको जस अपजश अध्यक्षज्यूले नै लिने हो र लिनुपर्छ । सार्है राम्रो काम गरिरहनुभएका अध्यक्षज्यूलाई अव थप केहि सुझाव लगानीकर्ताका पक्षबाट छ र यसमा बोर्ड अध्यक्ष संवेदनशील हुनुपर्छ ।

१. आउँदो आइतबर २०७९/ ०३/ १९ देखि लागु हुनेगरी टीएमएसबाट AON सुविधा हटाउने कुरा आएको छ । यो सकारात्मक कुरा त हुँदै हो । तर यो सुविधा हटाउनु अघि केहि कुरा ख्याल पक्कै गर्नुपर्छ । किनकि सुविधा ल्याउने नाममा वा हटाउने नाममा लगानीकर्ताहरुले दुख पाउनु हुँदैन भन्ने कुरामा बोर्डले हेक्का राख्नुपर्छ ।

उदाहरणका लागि कुनै क्लाइन्टसँग १९ कित्ता सेयर छ । १० कित्ता ट्रेड भयो । ९ अल्टर बच्यो । अब फेरि बेच्नका लागि १० कित्ताको बाध्यता आउँछ । अड लट बेच्न मिलेन । १०० कित्ता हुनेको ९९ कित्ता ट्रेड होला । १ कित्ता बाँकीलाई के गर्ने ? कि त एउटा न्युनतम संख्यामा AON भ्यालिड हुन्छ भनिदिनुपर्यो । नत्र लगानीकर्तालाई गाह्रो हुने भयो ।

२) AON हटाउने नै हो भने अड लत अर्डर पनि हटाउनुपर्यो ।

३) Account Statement टिएमएसबाटै हेर्न मिल्ने सुविधा पनि सुरुवात होस् । यो लगानीकर्ताले धेरै अघि देखि चाहेको कुरा हो ।
४) TMS मा फुल भर्जन चार्ट पनि उपलब्ध भए सार्है राम्रो हुने थियो ।
५) कारोबार अर्डर संख्या बाई र सेल साइडमा ५ वटा मात्रै देखाउदै आएकोमा अबदेखि कम्तिमा पनि ७ देखि १० वटा देखाउन पाए सार्है राम्रो हुने थियो ।धितोपत्र बोर्डका अध्यक्षले लगानीकर्ताका यी आशालाई निराशामा बदल्नुहुने छैन भन्ने अपेक्षा गरेको छु । किनकि लिडरहरुले लिड गर्छन् । साना कुरा वा ठुला कुरा सबैलाई गम्भीर भएर सोच्छन् । हामीले पनि बोर्ड अध्यक्ष रमेश कुमार हमालसँग गरेको अपेक्षा यति हो ।

 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: