×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

वैदेशिक रोजगारीमा जाँदा भुक्तानी गर्नुपर्ने बीमा र कल्याणकारी कोषको रकम इसेवाबाट भुक्तानी गर्न सकिने

LAXMI SUNRISE BANK

वैदेशिक रोजगारीमा जाँदा भुक्तानी गर्नुपर्ने बीमा र कल्याणकारी कोषको रकम इसेवाबाट भुक्तानी गर्न सकिने

१७ मंसिर २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । वैदेशीक रोजगारीमा जाने श्रमिकहरूले कल्याणकारी कोष र बीमाको रकम इसेवादेखि भुक्तानी गर्न सक्ने भएका छन् । इसेवाले बुधबारदेखि लागु हुने गरी यस्तो सेवा सुरु गरेको हो । योसँगै वैदेशीक रोजगारमा जाँदा इसेवा खाता भएका व्यक्तिले सिधै इसेवाबाट र इसेवा खाता नभएका व्यक्तिले नजिकै रहेका इसेवा जोन पोइन्टबाट सहजै बीमा रकम भुक्तानी गर्न सक्नेछन् ।
यस सेवाबाट सन नेपाल लाइफ इन्स्योरेन्सले जारी गर्ने वैदेशीक रोजगार म्यादी बीमा र कल्याणकारी कोषको दुवै व्यक्तिगत र संस्थागत रकम भुक्तानी गर्न सकिने इसेवाले जनाएको छ । इसेवाबाट सिधै बीमा र कल्याणकारी कोषको रकम भुक्तानी गर्न सकिने भएपछि वैदेशीक रोजगारीमा जाने व्यक्तिको समय र खर्चको बचत हुने कम्पनीले जनाएको छ । यसअघि कल्णकारी कोष र बीमाको रकम बुझाउन लामो समय लाइनमा बस्नुपर्ने बाध्यता रहिआएको थियो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी