×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

डलरको भाउ बढ्दा पनि खुसी हुने नेपालीहरु को-को हुन् ?

PRIME CA

डलरको भाउ बढ्दा पनि खुसी हुने नेपालीहरु को-को हुन् ?

अर्थ सरोकार

१९ असार २०७९, आईतवार

पढ्न लाग्ने समय: < ३ मिनेट

काठमाडौं । अमेरिकी डलरको भाउ निरन्तर बढ्दै गर्दा नेपाली मुद्रा इतिहासमै सबैभन्दा बढी सस्तिएको छ । बढ्दो क्रममा रहेको डलरको भाउले आइतबार पनि बढेर नयाँ रकर्ड कायम गरेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आइतबार १ डलरको भाउ बिक्रीदर १२६ रुपैयाँ ७८ पैसा कायम भएको छ । यो हालसम्मकै उच्च दर हो । यो दरसँगै नेपालीले १ डलर साट्नको लागि १२६ रुपैयाँ १८ पैसा खर्च गर्नुपर्छ ।
पछिल्लो केहि दिन यता डलरको भाउ लगातार बढ्दै गएको छ । डलर महंगिएसँगै नेपाली रुपैयाँ कमजोर बन्दै गएको छ । पछिल्लो समय डलरको तुलनामा भारतीय रुपैयाँ भारु निरन्तर कमजोर बन्दै जाँदा नेपाली रुपैयाँको यस्तो हविगत भएको हो । भारुसँग नेपाली रुपैयाँको स्थिर विनिमय दर कायम भएकाले भारु कमजोर हुँदा नेपाली रुपैयाँ पनि कमजोर हुने गर्छ । नेपालमा डलरको भाउ बढ्दा नेपाललाई घाटा छ । आयात गर्नुपर्ने सामान महँगो हुने हुनाले डलरको भाउ बढ्दा केहि पनि फाइदा छैन । तर नेपालमै त्यस्ता केहि व्यक्ति / संस्था छन्, जो नेपालमा डलरको भाउ बढ्यो भनेर खुसी मनाईरहेका छन्।
खुसी छन् युट्युबर, ब्लगमा एडसेन्स कनेक्ट गर्नेहरु पनि डलर बढ्दैमा खुसी !
नेपालमा युट्युबमा भिडियो राखेर पैसा कमाउनेहरुको संख्या निकै ठुलो छ । नेपाल राष्ट्र बैंकसँग एकिन तथ्यांक नभएपनि नेपालमा अरवौं रुपैयाँ यसरी भित्रिन्छ । युट्युबमा राखिएको भिडियोमा युट्युबले राखेको विज्ञापनको हिस्सा भिडियो अपलोड गर्नेहरुले पाउने गर्छन् । यसरी भिडियो हालेर डलर कमाउनेहरुको संख्या नेपालमा निकै ठुलो छ । हरेक अंग्रेजी महिनाको २१ तारिखमा गुगलले सो रकम नेपाल पठाउँछ । डलरको भाउ बढ्दा नेपालमा प्राप्त हुने रकम पनि बढी हुन्छ । त्यसैले नेपालमा रहेका युट्युबरहरु डलरको भाउ बढ्दा निकै खुसी हुने गरेका छन् । अझ धेरै युट्युबरहरु त २१ तारिखमा डलरको भाउ बढिदिए हुन्थ्यो भन्ने गर्छन् । युट्युबरमात्र होइनन, नेपालमा चलेका टेलिभिजनहरुले पनि युट्युबमार्फत निकै राम्रो आम्दानी गर्ने गर्छन् । उनीहरुको आम्दानी पनि डलरको भाउ बढेसँगै बढी हुन्छ । यसो त युट्युबमात्र होइन नेपालमा ब्लगर, लगायतका प्लेटफर्ममा कन्टेन्ट राखेर एडसेन्स मार्फत पैसा कमाउनेहरु पनि धेरै छन् । उनीहरु पनि डलर बढ्दा निकै खुसी देखिन्छन् ।
फेसबुकको इन्स्ट्यान्ट आर्टिकल फिचर चलाउनेहरु पनि दङ्ग !
युट्युबमात्र होइन, फेसबुकको इन्स्ट्यान्ट आर्टिकल फिचर राखेर पनि नेपालमा मनग्य डलर कमाउनेहरु छन् ।यो समाचार सेवामा फेसबुकले दिएको फिचर हो । जातिले फेसबुकको इन्स्ट्यान्टमा जोडिएको समाचार हेर्छन्, त्यहाँ प्रस्तुत भएका विज्ञापनअनुसार सो पोर्टल चलाउनेले पैसा कमाउँछ । फेसबुकले पनि नेपालमा सिधै बैंक एकाउन्टमार्फत पैसा पठाउने गरेको छ । यसरी नेपाल भित्रने पैसा पनि निकै ठुलो छ । नेपालमा फेसबुकमार्फत पनि अरवौं पैसा भित्रिन्छ । नेपाल भित्रने यस्तो रकम ठुलो भएकै कारण केहि समययतादेखि सरकारले यसरी नेपाल आउने रकममा १ प्रतिशत कर लिने गरेको छ । तर डलरको भाउ बढ्दा फेसबुकको यो सेवाबाट मेवा पाईरहेकाहरु पनि खुसी छन् । यसो त फेसबुकले भिडियोमा पनि विज्ञापन राख्ने फिचर दिएको छ । नेपालबाट सजिलो नभएपनि बाहिरको रुट प्रयोग गरेर नेपालमा थुप्रै फेसबुक पेजहरुका भिडियोहरु मोनिटाइज गरिएका छन् । जहाँबाट पनि निकै राम्रो पैसा नेपाल भित्रिन्छ ।
टिकटक चलाउनेहरुको ‘दिल खुस’ 
डलरको भाउ बढ्दा टिकटकबाट राम्रो आम्दानी गरिरहेकाहरु पनि खुसी छन् । टिकटकले विभिन्न प्रयोगकर्ताहरुले दिएको गिफ्टका आधारमा नेपालका कन्टेन्ट क्रिएटरहरुले पैसा पाउँछन् । अहिले यो रकम त झन् यति बढी छ कि, धेरै टिकटकरहरु सबै काम छोडेर टिकटक बनाउन व्यस्त छन् । टिकटकले यसरी पठाएको रकम   नेपालमा सिधै झिक्न सक्ने हुनाले पनि डलरको भाउ बढ्दा नेपालका टिकटकमा कन्टेन्ट बनाउनेहरु खुसी छन् । अहिले टिकटकले यो सुविधा निश्चित फलोअर्स भएकाहरुकालागि मात्र दिएको छ । भलै, यसरी टिकटकमार्फत नेपालमा डलर भित्रने क्रम ठुलो छ ।
आइटी फ्रिल्यान्स गर्नेहरु पनि भन्छन्’ महंगीभन्दा बढी डलरको भाउ बढेको छ, हामीलाई त फाइदा नै छ’
यता नेपालमा रहेर विदेशी आइटी कम्पनीमा आउटसोर्स काम गर्ने आइटीकर्मीहरु पनि डलरको भाउ बढ्दा खुसी नै छन् । उनीहरुका अनुसार डलरको भाउ बढ्दा आफुले गरेको काम बराबरको रकम बढी आउने र त्यसरी बढी आउने रकमको तुलानामा नेपालमा बढेको महंगी कम भएकाले डलरको भाउ बढ्दा उनीहरुलाई खुसी नै छ । ‘डलरको भाउ बढ्दा हामी त खुसी नै हुन्छौँ । उता डलरको रकम नेपालमा धेरै आउँछ । यता नेपालमा महंगी त्यति बढेको छैन । डलरको भाउ बढेकै समयमा पैसा निकाल्दा त झन् फाइदा हुन्छ। त्यसैले हामीलाई डलर बढ्दा नै फाइदा छ।’ उनका अनुसार नेपालमा यसरी काम गर्नेहरुको संख्या पनि निकै ठुलो छ । ‘औपचारिक डाटा त छैन तर करोडौं रुपैयाँ मासिक रुपमै यसरी डलर नेपाल भित्रन्छ । नेपालमा आइटीको रिसोर्स सस्तो हुने हुनाले विदेशमा पनि नेपाली कामदारहरुको माग निकै बढी छ। ‘
खुसी हुनुपर्ने कारण केहि छैन, समग्रमा महँगी बढाउने काममा खुसी हुनु ठिक होइन !
यता यसरी निश्चित व्यक्ति वा संस्थाहरुलाई डलरको भाउ बढ्दा खुसी लागे पनि समग्रमा यसले नेपाली अर्थतन्त्रमा सार्है ठुलो समस्या ल्याउने जानकारहरुको भनाई छ । ‘अहिले केहि डलर आयो भनेर खुसी मान्नु ठिक होइन । टिकटक वा युट्युबबाट डलर आएको देख्नेले त्यहि डलरको भाउ बढ्दा बाँकी सबै कुराको भाउ बढेको पनि हेर्नुपर्छ ।’ बैंकर जीवन श्रेष्ठ भन्छन्- ‘विश्वभर देखिएको आर्थिक संकटले नेपाललाई पनि गाह्रो बनाइरहेको छ । यस्तो बेलामा फेसबुक, टिकटक वा युट्युबबाट पैसा आयो भन्दैमा खुसी हुनु गलत हो । डलर बढेर फाइदा कसैलाई पनि छैन।’
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: