
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । माउन्टेन इनर्जी नेपालको आईपीओ बाँडफाँड भएको छ । कम्पनीको सेयर बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्गले कम्पनीको आइपिओ बिहान १० बजे बाँडफाँड गरिएको जनाएको हो । कम्पनीको आईपीओमा १ लाख ८३ हजार २६ जनाले सेयर पाएका छन् । आईपीओमा कुल ६ लाख ५१ हजार ५७५ जनामध्ये १ लाख ८३ हजार २६ जना आवेदकले गोलाप्रथाबाट १० कित्ताका दरले बाँडफाँड गरिएको हो ।
बाँकी ५ कित्ता सेयर आईपीओ पाएका १ लाख ८३ हजार २६ जनामध्ये ५ जनालाई थप १.१ कित्ता गरी कुल ११ कित्ताका दरले बाँडफाँड गरिएको छ । जसअनुसार १ लाख ८३ हजार २१ जना आवेदकले गोलाप्रथाबाट १० कित्ता र ५ जनाले ११ कित्ता शेयर पाएका हुन् ।
बाँकी ४ लाख ६८ हजार ५४९ जनाको भने हात खाली भएको छ । आईपीओामा कुल ६ लाख ५३ हजार २९१ जना आवेदकले आवेदन दिएकामध्ये १ हजार ७१६ वटा आवेदन रद्ध भएका थिए । कम्पनीले माउन्टेन इनर्जीले बिक्रीमा ल्याएको आईपीओमा ७.६१ गुणा धेरै आवेदन परेको थियो । कम्पनीले सर्वसाधारणमा १८ लाख ३० हजार २६५ कित्ता सेयर बिक्रीमा ल्याएकोमा १ करोड ३९ लाख ४४ हजार ४१० कित्ता शेयर खरिदको लागि आवेदन परेको बिक्री प्रबन्धकले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्