काठमाडौँ। सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय विरुवागुठी पर्साले नेपाल राष्ट्रिय प्राथमिक विधालय पटेर्वा सुगौली गा.पा.रामपुर टोलमा शैक्षिक सामाग्री सहयोग गरेको छ । संस्थाको १० औँ बार्षिक उत्सवको अवसरमा मंगलबार एक कार्यक्रमका बीच विधालयका ११५ जना विधार्थी भाई बहिनीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको हो ।
संस्थाले दशौँ वर्ष पुरा गरी एघारौं वर्षमा प्रवेश गर्न गईरहेको सुखद उपलक्ष्यमा सामाजिक उतरदायित्व अन्तर्गत विधालयका कक्षा १ देखी कक्षा ५ सम्मका अध्ययनरत ११५ जना दलित, विपन्न तथा गरिब विधार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको संस्थाका शाखा प्रमुख श्यामबाबु प्रसाद यादवले जानकारी दिए । विधालयका प्र.अ. भागवत साहको प्रमुख आतिथ्यतामा, सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेड निजगढ अनुगमन कार्यालयका अनुगमन अधिकृत बालहरि सुबेदीले विधार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेका थिए । प्रति विधार्थी ६ वटा कापी,६ वटा सिसाकलम र १/१ वटा कटर,इरेजर वितरण गरिएको थियो ।
कार्यक्रममा बोल्दै प्र.अ.साहले वित्तीय संस्थाले बार्षिक उत्सवमा दलित,विपन्न तथा गरिव समुदायका बालबालिका अध्ययनरत विधार्थीहरुलाई गरिएको शैक्षिक सहयोगले उनीहरुको शैक्षिक गुणस्तर विकासमा सहयोग पुग्ने बताए । सरकारी विधालयको शैक्षिक गुणस्तर विकासमा सबै निकायको सहयोग र सहकार्य आवश्यक हुने उनको भनाई थियो । शैक्षिक सामग्री वितरण कार्यक्रममा विधालयका शिक्षक,शिक्षिका,विधार्थी तथा संस्थाका सम्पूर्ण कर्मचारीहरुको उपस्थिति रहेको थियो ।