काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अर्थमन्त्री जर्नादन शर्माको राजीनामा माग गरेका छन् । मंगलबार सिंहदरबारमा बसिरहेको मन्त्रीपरिषदको बैठकमा प्रधानमन्त्री देउवाले अर्थमन्त्री शर्मालाई राजीनामा दिन भनेका हुन् । सोमबार संसदमा सम्बोधन गर्दै प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले सेटिङ गरेर बजेट ल्याएका अर्थमन्त्रीलाई नहटाएको भन्दै प्रधानमन्त्री देउवाको आलोचना गरेपछि प्रधानमन्त्री देउवाले अर्थमन्त्री शर्माको राजीनामा माग गरेका हुन् । कर प्रशासनभन्दा बाहिरका व्यक्तिबाट आर्थिक ऐन बनाएको आरोप लागेका अर्थमन्त्री शर्माले सिसिटिभि फुटेज दिन अस्वीकार गरेपछि विभिन्न दलका नेताहरुले समेत छानबिनमा सहयोग गर्न अर्थमन्त्रीले राजिनामा दिनु पर्ने माग गरेका छन् ।
प्रधानमन्त्री निकट स्रोतका अनुसार गठबन्धनका नाममा अहिलेसम्म आलोचना खेपेर बस्न तयार भएका प्रधानमन्त्री देउवा अब भने आलोचना खेप्न नसक्ने अवस्थामा पुगेका हुन् । स्रोतले भन्यो, ‘एकातिर अर्थतन्त्रको अवस्था दिनानुदिन खस्किँदै गएको छ, शर्माले अर्थतन्त्र सुधार गर्न नसकेको भन्दै आलोचना भइरहेको छ ।’ ‘बजेट बनाउँदा अन्तिम समयमा अनधिकृत मान्छे ल्याएर अर्थमन्त्री शर्माले करका दर हेरफेर गराएका थिए।’ सीमित व्यापारिक घरानालाई फाइदा पुग्ने गरी बजेटमा करका दर हेरफेरि गरिएको भन्ने गंभीर आरोप लागेका अर्थमन्त्रीले जेठ १४ गते रातिको सिसिटिभी फुटेज देखाउउन सकेका छैनन्’, यति प्रश्न उठेपछि नैतिकताका आधारमा राजीनामा दिनुपर्ने हो, प्रधानमन्त्रीले नै एक्सन लिएर हटाउनु पर्ने बाध्यता आइलाग्यो।’
मंगलबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको निवासका भएको बैठकमा समेत माओवादीका नेताहरुले अर्थमन्त्रीले राजीनामा दिएर छानबिनमा सहयोग गर्नु पर्ने माग गरेका थिए । गठबन्धनको सरकार भएकाले अर्थमन्त्रीको राजीनामा सम्बन्धमा प्रधानमन्त्री देउवाले पनि माओवादी अध्यक्ष प्रचण्डसँग छलफल गरिसकेका छन् । प्रचण्डको ग्रिन सिग्नलपछि अर्थमन्त्रीलाई प्रधानमन्त्रीले राजीनामा मागेका हुन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्