×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अर्थमन्त्रीले ‘राजिनामा दिन्न, परेको व्यहोर्छु’ भनेपछि प्रचण्ड र देउवाबीच सवा घण्टा वार्ता, शर्मालाई हटाउन प्रचण्ड सहमत !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

अर्थमन्त्रीले ‘राजिनामा दिन्न, परेको व्यहोर्छु’ भनेपछि प्रचण्ड र देउवाबीच सवा घण्टा वार्ता, शर्मालाई हटाउन प्रचण्ड सहमत !

Artha Sarokar

२१ असार २०७९, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । करका दर हेरफेर गर्न बाहिरिया बिचौलिया प्रयोग गरेको प्रकरणमा मुछिएका जनार्दन शर्माले मंगलबार नै राजिनामा दिने कुरा थियो । यसो त प्रधानमन्त्री निकटहरु नै आज अर्थमन्त्रीको राजिनामा आउँछ भन्दै हिंडेका थिए । तर बुधबार रातीसम्म पनि अर्थमन्त्रीको राजिनामा नआएपछि राजिनामा किन आएन भनेर धेरैले प्रश्न गरिरहेका छन् ।

स्रोतका अनुसार खासमा मंगलबार बसेको मन्त्रीपरिषद बैठकमा पनि शर्माको राजिनामा मागिएको थियो । बैठकपछि प्रधानमन्त्री देउवाले पनि अर्थमन्त्रीलाई राजिनामा बारे सोधेका थिए । अर्थमन्त्रीले परेको व्यहोर्ने तर राजिनामा नदिने बताएपछि देउवा ‘अव हुँदैन, प्रचण्डसँग कुरा गर्छु’ भन्दै उनीसँग छुटेका थिए ।

नभन्दै प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच साँझ बालुवाटारमा भेटघाट  भएको छ ।स्रोतका अनुसार झण्डै सवा ६ बजेको हाराहारीमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफलमा पनि अर्थमन्त्री शर्माकै बारे बढी कुरा भएको थियो ।
छलफलका क्रममा प्रचण्ड पनि शर्मालाई फिर्ता बोलाउन आफु तयार भएको बुझिएको छ । ‘प्रचण्डले पनि अर्थमन्त्री शर्मालाई फिर्ता बोलाउने कुरा गर्नुभएको छ । सम्भवत: बुधबार अर्थमन्त्रीको राजिनामा आउनेछ।’
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी