काठमाडौं । पिपुल्स पावर कम्पनीको आइपीओमा आवेदन दिन म्याद थप भएको छ । प्रभावित स्थानीयका लागि निष्कासन गरेको आईपीओमा पहिलो चरणको निर्धारित समयमा बिक्री नभएपछि समय थपेर साउन ५ गतेसम्म पुर्याइएको हो । कम्पनले गत असार ८ गतेबाट १ सय अंकित मूल्यमा ६ लाख ३२ हजार ६ सय कित्ता आईपीओ निष्कासन गरेको थियो ।
कम्पनीले आयोजना प्रभावित क्षेत्र इलाम जिल्लाको इलाम नगरपालिकाको वडा नं. १ र ४ का बासिन्दालाई १ लाख ८९ हजार ७८० कित्ता र यी बाहेक इलाम जिल्लाका बासिन्दाका लागि ४ लाख ४२ हजार ८२० कित्ता आइपीओ जारी गरेको हो । स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । रेटिङ एजेन्सी कियर नेपालले पिपुल्स पावर कम्पनीको आइपीओलाई ‘केयरएनपी डबल बी आइएस’ प्रदान गरेको छ । जसले कम्पनीको केयर रेटिङ नेपालले वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ । बिक्री प्रबन्धकको काम प्रभु क्यापिटल लिमिटेडले गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्