काठमाडौं । नेपाल एसबीआई बैंकले ऋणपत्र निष्कासन गरेको छ । बैंकले असार २२ गते बुधबारदेखि ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गरेको हो । बैंकले ५ वर्ष अवधिको ‘नेपाल एसबीआई बैंक ऋणपत्र, २०८३’ जारी गर्न लागेको हो । बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा ३० लाख इकाई ऋणपत्र जारी गरेको हो ।
जसमध्ये १८ लाख इकाई बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्ने भएको छ भने बाँकी १२ लाख इकाई सर्वसाधारणका लागि बिक्री गर्ने भएको छ । बैंकले वार्षिक १०. २५५ प्रतिशत ब्याजदर दिने भएको छ । उक्त ऋणपत्र बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ । आवेदकहरुले ऋणपत्रमा असार २६ गतेसम्म आवेदन दिन सक्नेछन् ।
उक्त समयसम्म सबै ऋणपत्र बिक्री नभएको खण्डमा भने साउन ४ गतेसम्म आवेदन दिन पाइने भएको छ । न्यूनतम २५ इकाईदेखि अधिकतम १२ लाख इकाईसम्म आवेदन दिन सकिनेछ । यसमा सी-आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर सफ्टवेयरमार्फत अनलाइनबाट आवेदन दिन सकिनेछ ।