काठमाडौँ । संसदमा आफ्नो कुरा राखेर राजिनामाको तयारी गरेका अर्थमन्त्री जनार्दन शर्मालाई एमालेले संसदमा बोल्नै नदिने निर्णय गरेको छ । ‘अव सुन्न बाँकी केहि पनि नभएको’ भन्दै प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसदमा अर्थमन्त्री जनार्दन शर्माको स्पष्टीकरण सुन्न अस्वीकार गरेको हो ।
प्रतिनिधिसभा बैठक बस्नुअघि सभामुख अग्निप्रसाद सापकोटाको कार्यकक्षमा भएको छलफलमा माओवादी नेताहरुले अर्थमन्त्रीलाई बोल्न दिन प्रस्ताव गरेका थिए । तर एमालेले त्यसलाई ठाडो अस्वीकार गरेको हो । एमाले सहमत नभएपछि अहिले सत्तारुढ नेपाली कांग्रेस र माओवादी केन्द्रका नेताहरुबीच छलफल भइरहेको छ ।
अर्थमन्त्रीले आज नै राजिनामा दिने तयारी गरेका छन् ।