×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पेट्रोलियम पदार्थको मूल्य बढेसँगै बढ्यो आन्तरिक हवाइ भाडा दर, हेनुहोस् अब कुन ठाउँको कति ? (सूचिसहित)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

पेट्रोलियम पदार्थको मूल्य बढेसँगै बढ्यो आन्तरिक हवाइ भाडा दर, हेनुहोस् अब कुन ठाउँको कति ? (सूचिसहित)

Artha Sarokar

२३ असार २०७९, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । वायु सेवा कम्पनीहरुले आन्तरिक हवाई भाडादर बढाएको छन् । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य बढाएसँगै नेपाल वायुसेवा सञ्चालक संघले हवाई भाडादर पनि बढाएको हो । निगमले हवाई इन्धनको मूल्य प्रतिलिटर ५ रुपैयाँले बढाएको छ । यसरी बिहीबारबाट लागु हुने गरी हवाई इन्धनको नयाँ मूल्य १९० रुपैयाँ तोकिएको छ ।

संघले नयाँ भाडादर सार्वजनिक गर्दै काठमाडौंदेखि पोखराको भाडा ८० रुपैयाँले बढाएर ६ हजार ९८५ रुपैयाँ पुर्याएको छ। यसैगरी, काठमाडौंदेखि नै भैरहवासम्मको भाडा १०० रुपैयाँले बढेर ८ हजार ६७५ रुपैयाँ, नेपालगञ्जको १६५ रुपैयाँले बढ्दा १३ हजार ९८० रुपैयाँ, तुम्लिङटारसम्म पुगदा ९५ रुपैयाँ बढि ८ हजार २०५ रुपैयाँ र सिमरा ४५ रुपैयाँले बढाएर ४ हजार २४० रुपैयाँ कायम गरेको छ । अब काठमाडौंदेखि धनगढीसम्म विमानमा जाँदा २२० रुपैयाँले बढेर १७ हजार २५ रुपैयाँ तिर्नुपर्नेछ।

संघका अनुसार माउन्टेन फ्लाइटमा १७० रुपैयाँले भाडादर बढ्दा १४ हजार ८९० रुपैयाँ पर्ने भएको छ ।  यसैगरी, काठमाडौंदेखि सुर्खेतसम्मको भाडा १७० रुपैयाँले बढेर १४ हजार ९९५ रुपैयाँ पुगेको छ । काठमाडौंदेखि नै राजविराजसम्म पुग्दा अब एक सय रुपैयाँ धेरै तिरेर ८ हजार ७५५ रुपैयाँ तिर्नुपर्छ । त्यस्तै, काठमाडौंदेखि भद्रपुरसम्म जाँदा १५० रुपैयाँ बढि तिर्नुपर्नेछ । सो रुटको भाडा १२ हजार ९५५ रुपैयाँ लग्ने भएको हो ।

काठमाडौंदेखि विराटनगर जाने भाडा १२५ रुपैयाँले बढेर १० हजार २०५ रुपैयाँ लाग्नेछ । यस्तै, काठमाडौंबाट जनकपुरसम्म जान ५ हजार ८६० रुपैयाँ लाग्ने भएको छ । सो रूटमा पुरानो भाडादरमा ६५ रुपैयाँले वृद्धि भएको हो । अब, काठमाडौंदेखि भरतपुरसम्म यात्रा गर्दा ४,९९० रुपैयाँ तिर्नुपर्छ । भरतपुरसम्म जाने भाडामा ५५ रुपैयाँले थप गरिएको हो ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी