धनगढी । सुदूरपश्चिम प्रदेशको धनगढीमा रहेको सुदूरपश्चिम एकेडेमीका विद्यार्थीहरुलाई बैंक तथा वित्तीय संस्था र डिजिटल बैंकिङबारे जानकारी गराइएको छ । बैंकिङ शिक्षाको आयोजनामा विद्यार्थीहरुलाई लक्षित गरि उक्त साक्षरता कार्यक्रम संचालन गरिएको हो । सहभागि करिब ३ सय भन्दा बढी विद्यार्थीहरुलाई नेपाल राष्ट्र बैंकका डेपुटी निर्देशक राकेश प्रजापतिले बैंक तथा वित्तीय संस्था र उनीहरुले दिने सेवा, डिजिटल बैंकिङ र त्यसको प्रयोगबारे जानकारी गराएका थिए । अन्य प्रदेशको तुलनामा डिजिटल बैंकिङको प्रयोगकर्ता कम रहेको भन्दै यसको प्रयोगमा जोड दिएका थिए ।
साथै, कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले वित्तीय साक्षरता समाजका सबै तह र तप्काका मानिसलाई आवश्यक रहेको भन्दै विद्यार्थीहरुलाई बैंक खाता खोल्न र बचत संस्कारको सुरुवात गर्न प्रोत्साहन समेत गरेका थिए । यस्तै, नबिल बैंक धनगढी शाखा प्रबन्धक तेज भट्टले बैंक तथा वित्तीय संस्थाले दिने सेवा, सुविधाबारे जानकारी गराएका थिए । उनले वित्तीय रुपमा साक्षर हुँदाका अनेकैँ फाइदा रहेको भन्दै सानै उमेरदेखि यसबारे जानकारी लिन आग्रह गरेका थिए ।
यस्तै, प्रदेश प्रहरी कार्यालयका डीएसपी जगदीश डाँगा र जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक खगेन्द्र साउदले वित्तीय कारोबार अझ त्यसमा पनि डिजिटल बैंकिङका धेरै सहजता हुँदा हुँदै जोखिमहरु पनि रहेकाले सचेत भएर प्रयोग गर्न आग्रह गरेका थिए । कार्यक्रममा सहभागि धनगढी उपमहानगरपालिकाकी उपमेयर कन्दकला राना, कलेजका प्रबन्ध निर्देशक सुवास शाहीले विद्यार्थीहरुले वित्तीय साक्षरताका लागि अध्ययनमात्र गरेर नहुने भन्दै यसको व्यवहारिक प्रयोगमा जोड दिएका थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्