काठमाडौं । सयपत्री हाइड्रोपावर लिमिटेडको आइपीओमा आवेदन दिने शुक्रबार अन्तिम दिन रहेको छ । कम्पनीको ३ लाख कित्ता आइपीओमा आवेदन दिने असार २४ गते शुक्रबार अन्तिम दिन रहेको हो । कम्पनीले असार २ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि आइपीओ बिक्री खुला गरेको हो ।
कम्पनीले आयोजना प्रभावित क्षेत्र बाग्लुङ्ग जिल्लाको ताराखोला गाउँपालिका र गल्कोट नगरपालिकाका स्थानिय बासिन्दाका लागि उक्त सेयर निष्कासन गरेको हो । कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका दरले ३ लाख कित्ता सेयर बिक्री खुला गरेको हो । लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम ३० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् । रेटिङ एजेन्सी कियर सयपत्री हाइड्रोपावरको आइपीओलाई ‘कियर एनपी डबल बी’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ । कम्पनीको बिक्री प्रबन्धकको काम एनआइबिएल एस क्यापिटलले गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्