×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मर्जरमा जाने भएपछी आँधीखोला र सीवाईसी नेपाल लघुवित्तको सेयर कारोबार रोक्का !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

मर्जरमा जाने भएपछी आँधीखोला र सीवाईसी नेपाल लघुवित्तको सेयर कारोबार रोक्का !

Artha Sarokar

२३ असार २०७९, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । आँधीखोला लघुवित्त र सीवाईसी नेपाल लघुवित्तको शेयर कारोबार रोक्का भएको छ । दुई संस्थाबीच बुधबार मर्जरमा जाने सम्झौता भएपछि नेपाल स्टक एक्सचेन्ज नेप्सेमा कारोबार रोक्का भएको हो । असार २२ गते दुई संस्थाबीच १००स्७० को स्वापमा मर्जरमा जाने प्रारम्भिक सहमति पछि मर्जर सम्झौतामा हस्ताक्षर भएको हो ।

जस अनुसार आंधीखोला लघुवित्तको १०० कित्ता शेयर हुने शेयरधनीले मर्जरपछि बन्ने कम्पनीको ७० कित्ता शेयर पाउने छन् । आंधीखोलाले यस अघि घोषणा गरेको २० प्रतिशत लाभांश बितरण गरेर मर्जमा जाने छ । कम्पनीको केन्द्रीय कार्यालय बाग्लुङ जिल्लाको बाग्लुङ नगरपालिका स्थित बाग्लुङ बजारमा रहेको छ । कम्पनीको चुक्ता पुँजी १२ करोड १६ लाख रहेको छ ।

यस अघि आँधिखोला लघुवित्त र धौलागिरि लघुवित्तले २०७६ पौष २ गते मर्जमा जाने सम्झौता गरेका थिए । तर मर्जर भाडिएपछि नेप्सेमा गत जेठ २७ गतेदेखि कम्पनीको शेयर कारोबार फुकुवा भएको थियो । अब कम्पनीले फेरि मर्जर सम्झौता गरेसंगै एक महिना पनि नपुग्दै कम्पनीको शेयर कारोबार रोक्का हुने भएको छ । आँधिखोला लघुवित्तको केन्द्रीय कार्यालय स्याङ्गजाको बयरघारीमा रहेको छ । हाल कम्पनीको चुक्ता पुँजी ११ करोड ९० लाख रहेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी