काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार सुनको मूल्य बढेको छ । शुक्रबार ९४ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज २ सय रुपैयाँले बढेर ९४ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
यता चाँदीको मूल्य पनि १० रुपैयाँले बढेर १ हजार १ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम सुनको मूल्य ८१ हजार २ सय ७५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार १६ रुपैयाँ कायम गरेको छ ।