×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एम अधिकारी ‘महाप्रसाद’ नै भएको पुष्टी, पत्रकार दिनेश आचार्यको एउटा ट्वीटले खोलिदिएको थियो पोल !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

एम अधिकारी ‘महाप्रसाद’ नै भएको पुष्टी, पत्रकार दिनेश आचार्यको एउटा ट्वीटले खोलिदिएको थियो पोल !

Artha Sarokar

२८ असार २०७९, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । सेयर बजार साप्ताहिकका सम्पादकसमेत रहेका पूराना पत्रकार दिनेश आचार्यले बुधबार एउटा ट्वीट गरे । ट्वीटरमा उनले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई मेन्सन गर्दै राज्यको सम्पति हुनुपर्ने गभर्नर, सरकारको बित्तीय सल्लाहकारको भूमिकामा हुनुपर्ने व्यक्ति प्रतिपक्षी पार्टीको बिभागीय सदस्यमा नियुक्ति भएको खबर आएको र सो तथ्य दुर्भाग्यपूर्ण रहेको उल्लेख गरेका थिए ।

केहि समयपछि गभर्नर अधिकारीले उनको ट्वीटमा रिप्लाई गरेर उल्लेखित एम अधिकारी आफु नभएको दाबी गरे । तर गभर्नर अधिकारीको दाबी झुटो ठहरियो । उनी एमालेको अर्थ तथा योजना विभागको सदस्य रहेको पुष्टी भईसकेको छ । यस अघि पनि उनी सोहि विभागका सदस्य रहेको स्वयम् सोहि विभागका सदस्य देउकाजी गुरुङले पुष्टी गरेका छन् ।

पछि केहि संचारमाध्यमले आचार्यको ट्वीटलाई नै आधार बनाएर समाचार बनाए । एक कान, दुई कान हुँदै यो केस सामाजिक संजालमा भाईरल भयो । अहिले गभर्नर अधिकारीलाई ‘तपाईं राष्ट्र बैंकको गभर्नर कि एमालेको गभर्नर ?’ भन्दै सामाजिक संजालमा प्रश्न गर्नेहरुको संख्या बढीरहेको छ । आचार्य पूराना पत्रकार हुन् ।

राष्ट्र बैंक ऐन २०५८ ले गभर्नर वा बैंकका कुनैपनि पदाधिकारीलाई कुनै राजनीति दलको कार्यकर्ता तथा पदाधिकारी बन्नबाट बर्जित गरेको छ । राष्ट्र बैंक ऐन, २०५८ को धारा २१ को ‘क’ मा बैंक सञ्चालकको योग्यताबारे भनेको छ, ‘राष्ट्र बैंकका सञ्चालक, गभर्नर वा डेपुटी गभर्नर कुनै पनि पार्टीको सदस्य, पदाधिकारी वा कार्यकर्ता बन्न पाउँदैन ।’

यो हिसावले अहिलेका गभर्नर अधिकारी नेपाल राष्ट्र बैंकको गभर्नर बन्न नै पाउँदैनन् ।
घाटकाक्रम हेर्दा उनको नियुक्ति नै ‘गैरकानुनी’ देखिएको छ । किनकि उनी गभर्नर हुँदा पनि एमालेको सोहि विभागमा थिए भन्ने तथ्य पुष्टी भईसकेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी