काठमाडौँ । महिनैपिच्छे केहि न केहि काण्ड परिरहने, र ग्राहकको सेवामा सबैभन्दा झुर बैंकका रुपमा बदनामी कमाएको नेपालको एक मात्र सरकारी बैंक राष्ट्रिय बाणिज्य बैंकमा ग्राहक र सुरक्षा गार्डबीच कुटाकुट भएको छ । बैंकको बाजुरास्थित कोल्टी शाखा साखामा ग्राहक र सुरक्षा गार्डबीच कुटाकुट भएको हो ।
कुटाकुट हुन थालेपछि ग्राहकले सुरक्षा गार्डको बन्दुक खोस्न खोजेका थिए । बन्दुक खोस्न खोजेपछि त्यहाँका सुरक्षा गार्ड थप आक्रामक बनेका थिए ।
‘धन्न सुरक्षा गार्डको बन्दुक खोसिएन । नत्र बाजुरा साखामा बुधबार गोली चल्थ्यो ।’ प्रत्यक्षदर्शी बैंकका ग्राहक भन्छन्- ‘ग्राहक पनि उस्तै, बैंकका कर्मचारी पनि उस्तै, सुरक्षा गार्ड पनि उस्तै । कोहि भन्दा कोहि कम देखिएन । तर आज ठुलो दुर्घटना टर्यो ।’ उनका अनुसार सेवाग्राही भने बढी आक्रामक देखिएका थिए भने उनले सानो विषयमा निहुँ खोजेका थिए ।
प्रत्यक्षदर्शीका अनुसार असार मसान्त नजिकिंदै गर्दा बैंकमा आज ठुलो भीड छ ।
यता बैंकका मेनेजरले भने घटनालाई बंग्याउने प्रयास गरेका छन् । एक जना सेवाग्राहीले लाइनमा बस्न नमानेपछि सुरक्षा गार्डले सम्झाउन खोज्दा सुरक्षा गार्डको बन्दुक खोस्ने प्रयास भएको राष्ट्रिय वाणिज्य बैंकको दाबी छ । तर ग्राहकले भने आफ्ना मान्छे मात्र सुटुक्क घुसाएर लाइन बस्नेहरुलाई कुरिरहनुपर्ने स्थिति भएपछि विवाद भएको दाबी गरेका छन् ।
राष्ट्रिय बाणिज्य बैंक यस्ता प्रकरण घटिरहने बैंकमा अग्रस्थानमा पर्छ । केहि समय अगाडी बैंकको इलाम साखामा धितो राखिएको सक्कली सुन फिर्ता गर्दा नक्कली भएको प्रकरण बाहिर आएको थियो । यस्तै नेपालगंजमा पनि बैंकमा नक्कली धितो राखेर कर्जा लिईएको प्रकरण बाहिर आएको थियो । पछिल्लो समय सार्है कमजोर सुविधा भएपछि ग्राहकहरुले यो बैंकलाई ‘मालपोत बैंक’समेत भन्न थालेका छन्। भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्