काठमाडौं । पूर्वबैंकर एवं विश्लेषक अनलराज भट्टराईले नेपालको अवस्था श्रीलंकाको जस्तो नहुने बताएका छन् । बुधबार चार्टर्ड एकाउन्टेन्स् संघले आयोजना गरेको मौद्रिक नीति सम्बन्धी कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् । पेट्रोलियम पदार्थको आयात बढ्दै गए पनि अन्य सामानको आयात कम हुँदै गएको भट्टराईले बताएका छन् ।
एनआरएन डेभलपमेन्ट फन्डका सीईओसमेत रहेका भट्टराईले रेमिट्यान्स बढ्ने सम्भावना रहेको पनि जानकारी दिएका छन् । बैंकहरुले पछिल्लो ६ महिनामा ६० अर्बभन्दा कम कर्जा प्रवाह गरेको उल्लेख गर्दै राष्ट्र बैंकले बंर्किङ क्यापिटल फाइनान्सिङ मार्जिन लेन्डिङलाई रिभ्यु गर्नुपर्ने भट्टराईले धारणा राखेका छन् । उनले सीडी रेसियोलाई विस्तार रिप्लेस गर्न पनि राष्ट्र बैंकलाई सुझाव दिएका छन् । भट्टराईले क्रेडिट फ्लोलाई घटाउनुपर्ने बताए ।
उनले भने, ‘हामीले आयातलाई निरुत्साहित गर्दै जाने हो भनि नेपालको अवस्था श्रीलंकाको जस्तो हुँदैन् । त्यसका लागि अनावश्यक सामानको आयात रोक्नुपर्छ । रेमिट्यान्स भित्रिने क्रम चैत र जेठमा एउटै लेभलमा छ, वैशाखमा मात्रै कम थियो । रेमिट्यान्सलाई उत्पादनमूलक क्षेत्रमा लगाउनुपर्छ । त्यस्तै सीआरआर र एसएलआर रेसियो बढाउनुपर्छ । विदेशी मुद्राको सञ्चिती कम्तीमा ९ महिनासम्मलाई पुग्ने हुनुपर्छ । त्यसैगरि साना तथा मझौला उद्योगलाई फाइनान्सिङ हुनुपर्छ’ ।
भट्टराई बैंकहरुको सुपरभिजनमा कमजोरी रहेको उल्लेख गर्दै सुधार गर्न आवश्यक रहेको पनि बताएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्