Skip to content
LAXMI SUNRISE BANK

कामना सेवा विकास बैंकको डिवेञ्चर प्रत्याभूतीकर्तामा नागरिक लगानी कोष नियुक्त !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । कामना सेवा विकास बैंकको एक हजार अंकित दरका १० लाख कित्ताको ऋणपत्र प्रत्याभुतीकर्ताको रुपमा नागरिक लगानी कोष नियुक्त भएको छ । डिवेञ्चर प्रत्याभूतीकर्ता सम्झौता–पत्रमा कामना सेवा विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत र नागरिक लगानी कोषको तर्फबाट कार्यकारी निर्देशक रमण नेपालले हस्ताक्षर गरेका थिए ।
याेसँगैं नेपाल राष्ट बैंकबाट ‘ख’ वर्गको इजाजत पत्रप्राप्त बैंकहरुमा कामना सेवा ऋणपत्र निष्काशन गर्ने पहिलो विकास बैंक बनेको छ भने नागरिक लगानी कोषले ऋणपत्र प्रत्याभुूती गरेको पनि यो प्रथम पटक हो । यस ‘९५ केएसएसबिबिएल डिबेञ्चर २०८७’ ऋणपत्रको अवधि १० बर्षको रहेको अर्धबार्षिक, ब्याज प्रदान हुने साथै सेबोनको स्विकृति पश्चात यो ऋणपत्र निकट भविष्यमा निष्काशन गरिने समेत विज्ञप्तिमा जनाइएको छ ।
कार्यक्रममा प्रत्याभूतीकर्ता नागरिक लगानी कोषको मर्चेन्ट बैंक विभाग प्रमुख नारायण प्रसाद घिमिरे, धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलका सहायक महाप्रबन्धक सचिन्द्र ढुंगाना, निष्काशन विभाग प्रमुख राम कुमार महत तथा निष्काशनकर्ता कामना सेवा विकास बैंकका जोखिक व्यवस्थापन विभाग प्रमुख प्रदिप पुडासैनी समेतको उपस्थिती रहेको थियो ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK