काठमाडौं । नेपाल स्टक एक्सचेन्जको भवन अगाडि राखिने चार्जिङ बुल निर्माणको टेन्डर तत्कालको लागि रद्ध भएको छ । बुलको निर्माण गर्न प्राप्त बोलपत्र योग्य साबित नभएपछि तत्कालको लागि टेन्डर रद्ध गरेको हो ।
सञ्चालक समितिको निर्णय बमोजिम गत जेठ ८ गतेदेखि नेप्सेले बुलको प्रतिमा निर्माण गर्न टेन्डर आह्वान गरेको थियो । टेन्डरमा आवेदन दिने अन्तिम मिति असार ७ गतेसम्म दुई थान बोलपत्र पेश भएका थिए । जसमध्ये सार्वजनिक खरिद नियमावली अनुसार ग्राहयता र पूर्णताको परिक्षणमा दुवै सफल नभएपछि नेप्सेले हालका लागि टेन्डर रद्ध गरेको हो । नियमावलीको अनुसार योग्य बोलपत्र पेश नभएसम्म नेप्सेले पुन टेन्डर आह्वान गर्ने जनाएको छ।
नेप्सेका अनुसार ब्रास पित्तलको धातुबाट चार्जिङ बुलको मूर्ति निर्माण गरिने छ । हाल गरिएको प्रारम्भिक अध्ययनअनुसार नेप्से परिसरमा खडा हुने चार्जिङ बुलको बुलको६ फुट अग्लो र ७ फुट लम्बाईको हुने छ । बुलको प्रतिमाको तौल १२०० देखि १३०० किलोको हुने अनुमान गरिएको छ। साँढेको मूर्ति भद्रकाली प्लाजास्थित नेपाल स्टक एक्सचेन्जको भवन परिसरमा स्थापित गरिनेछ ।