काठमाडौं । एनसेल आजियाटा लिमिटेडले काठमाडौंको महाराजगञ्जमा सम्पूर्णरुपमा महिला कर्मचारीहरुद्वारा संचालित एनसेल सेन्टर संचालनमा ल्याएको छ । महिला कर्मचारीहरुद्वारा व्यवस्थापन तथा संचालन गरिएको यस एनसेल सेन्टरको सुरुवातले समानताको हिसाबले हाम्रो समाजमा महत्वपूर्ण भूमिका खेल्न मद्दत गर्नेछ । एनसेलको यो पहल तथा अवधारणा कम्पनीले महिला सशक्तिकरण, लैंगिक समानता र समुदाय विकासको लागि गरेको योगदानको एक प्रमाण हो । यसका साथै यो अवधारणा एनसेलको विविधता, समानता र समावेशिता (डीइआई) मिशन अनुरुप रहेको छ जसले कार्यस्थलमा विविधता, समानता र समावेशिताको दृढतापूर्वक प्रोत्साहन गर्दछ ।
सम्पूर्णरुपमा महिला कर्मचारीहरुबाट संचालित एनसेल सेन्टर संचालनमा ल्याइएको बारेमा आफ्नो उत्साह साट्दै एनसेलका मानव संसाधन तथा प्रशासकीय अधिकृत युवराज श्रीवास्तवले भने, ‘काठमाडौंको मुटु महाराजगञ्जमा पूर्णरुपमा महिला कर्मचारीहरुद्वारा व्यवस्थापन गरिएको एनसेल सेन्टर संचालनमा ल्याउन पाउँदा हामी हर्षित छौं । यो कदमले एनसेलको डीइआई अर्थात विविधता, समानता र समावेशितालाई बढावा दिने नीतिमा ठूलो महत्व राख्दछ । कार्यस्थलमा विविधताको समर्थन जस्ता रणनीति र अभ्यासहरुले कम्पनीलाई प्रतिस्पर्धात्मक लाभ हासिल गर्नमा सहयोग प्रदान गर्दछ ।’
त्यसैगरी एनसेलका ग्राहक सेवा प्रबन्धक ज्योति दाहालले भनिन्, ‘यस अघि टेलिकम क्षेत्रमा ग्राहक सेवामा धेरै जसो पुरुषहरुको सहभागिता रहने गर्दथ्यो । विगत ३–४ वर्षमा यस क्षेत्रमा लैंगिक समानताका लागि निरन्तर प्रयासहरु भएका छन् । दूरसञ्चार क्षेत्रमा सेवा दिने परिपेक्षमा हेर्ने हो भने ग्राहक सेवा र अनुभवका हिसाबले राम्रै विकास भएको छ । लैंगिक समानताले मात्र व्यवसाय थप सुदृढ हुन सम्भव छ ।’ महिला कर्मचारीहरुद्वारा संचालित यस एनसेल सेन्टरबाट ग्राहकले एनसेलका सेवा तथा सुविधाहरुका बारेमा सोधपुछ गर्न, सिम खरिद गर्न, इन्टरनेट सेटिङ्गको जानकारी लगायत विभिन्न कर्पोरेट सेवाहरु समेत लिन सक्छन् ।
यसैगरी ग्राहकहरुले यस सेन्टरबाट आफ्नो सिम फोरजीमा अपग्रेड, सिम तथा मोबाइल नम्बर परिवर्तन, सीयुजी नम्बरहरुको आवश्यक फेरबदल, बिज प्लान, अन्तर्राष्ट्रिय रोमिङ्ग सुचारु, बिल तिर्ने, ब्यालेन्स रिचार्ज र ट्रान्सफर गर्ने लगायतका अन्य ग्राहक सेवाहरु प्राप्त गर्न सक्छन् । यो एनसेल सेन्टर संचालनमा ल्याइएको अवसरमा यस सेन्टरमा आउने ग्राहककालागि एक हप्ताको विषेश अफर पनि रहेको छ जस अन्तर्गत यस सेन्टरबाट आफ्नो ब्यालेन्स रिचार्ज गर्ने ग्राहकले बोनस प्राप्त गर्नेछन् । यस सेन्टरबाट गरिने प्रत्येक रु ५० को रिचार्ज बराबर ग्राहकले रु २० को रिचार्ज कार्ड बोनस स्वरुप प्राप्त गर्दछन् । यसको अर्थ रु १०० रिचार्ज गर्ने ग्राहकले रु २० को दुई वटा रिचार्ज कार्ड बोनस स्वरुप प्राप्त गर्दछन् ।
त्यस्तै रु २०० रिचार्ज गर्ने ग्राहकले रु २० को चार वटा रिचार्ज कार्ड बोनस स्वरुप प्राप्त पाउँछन् भने रु ५०० रिचार्ज गर्ने ग्राहकले रु २० को १० वटा रिचार्ज कार्ड बोनस स्वरुप प्राप्त गर्दछन् । आफ्ना ग्राहकलाई विश्वस्तरीय सेवा अनुभव प्रदान गर्ने प्रतिवद्घता अनुरुप, यस पूर्णरुपमा महिला कर्मचारीहरुद्वारा संचालित एनसेल सेन्टरले आइतबार देखि शनिबार हप्ताको सातै दिन बिहान ९ः३० बजे देखि साँझ ६ बजे सम्म ग्राहकहरुलाई सेवा प्रदान गर्दछ । यसले ग्राहकको सेवा अनुभव थप बढाउन मद्दत गर्ने विश्वास एनसेलले लिएको छ । ग्राहकको आवश्यकता अनुसार सेवा प्रदान गर्न एनसेलले देशभरी ३१ एनसेल सेन्टरबाट ग्राहक सेवा प्रदान गर्दै आएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्