×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बैंकिङ कसूर मुद्दाकी फरार प्रतिवादी पक्राउ, ३० दिन कैद र १ करोड ५९ लाख जरिवाना

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

बैंकिङ कसूर मुद्दाकी फरार प्रतिवादी पक्राउ, ३० दिन कैद र १ करोड ५९ लाख जरिवाना

Artha Sarokar

३१ असार २०७९, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । बैंकिङ कसूरको मुद्दामा फरार रहेकी एक प्रतिवादी पक्राउ परेकी छन् । चितवन जिल्ला भरतपुर महानगरपालिका वडा नं.५ घर भई हाल काठमाडौं महानगरपालिका वडा न. ३२ डिल्लीबजार बस्ने ४२ बर्षिय बन्दना उप्रेति सो कसुरमा पक्राउ परेकी हुन् ।

उनले आफ्नो बैंक खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी-जानी जाहेरवालालाई झुक्यानमा पारी चेक काटी दिई बैंकिङ कसूरजन्य अपराध गरेको ठहर भएको थियो । उच्च अदालत पाटनले उनीमाथि बैंकिङ कसूर तथा सजाय ऐन २०६४ बमोजिम ३० दिन कैद र १ करोड ५९ लाख जरिवाना जरिवाना सुनाएको थियो। उनलाई चण्डोलबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि ललितपुर जिल्ला अदालतमा पेश गरिएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी