काठमाडौँ । ९० दिनसम्म सिसिटिभी फुटेज राख्नुपर्ने कार्यविधि हुँदाहुँदै सो समय अगावै सिसिटिभी फुटेज मेटिएको प्रकरणमा राजिनामा नै दिनुपरेका अर्थमन्त्री जनार्दन शर्मालाई ‘पञ्च मार्दै’ नेपाल राष्ट्र बैंकले झुत्रा नोट धुल्याउँदा ९० दिनको सिसिटिभी फुटेज अनिवार्य गर्ने व्यवस्था गरेको छ । राष्ट्र बैंकले नोट धुल्याउन नियमावली २०७८ जारी गर्दै यस्तो व्यवस्था गरेको हो । सो नियमावलीमा झुत्रा नोट धुल्याउने मेसिन वा फर्नेस रहेको स्थानको पर्याप्त कभरेज हुनेगरी कम्तीमा ९० दिनको दृष्यको अभिलेख सुरक्षित राख्ने सीसीटीभी क्यामेराको व्यवस्था अनिवार्य गर्नुपर्ने उल्लेख छ ।
यस्तै नियमावलीमा धुल्याइने नोटको थान गन्ती गरी लगत खडा गरी राख्नु पर्ने उल्लेख छ भने रोडिङ तथा ब्रिकेटिङ गर्ने प्रयोजनका लागि छुट्ट्याइएका पाँच सय र एक हजार दरका नोट शतप्रतिशत पुनः गन्ती गरी मात्रै धुल्याउनु पर्नेसमेत उल्लेख छ । नोट धुल्याउनका लागि एउटा समिति गठन गर्नुपर्ने र नोट धुल्याउने क्रममा समितिका पदाधिकारीको नाम, थर, पद र कर्मचारीको कोड नम्बरसहित छुट्टै माइन्युट तयार गरी राख्नु पर्नेसमेत व्यवस्था गरिएको थियो । यसअघि राष्ट्र बैंकको नोट धुल्याउने ठाउँबाट नै नोट चोरिएको सीसीटिभी फुटेजपनि सार्वजनिक भएको थियो ।
यस्तै सो नियमावली जारी भएपछी अव नोट बालेर ब्रिगेट बनाउने बाटो पनि खुलेको छ । अव राष्ट्र बैंकले नोटहरु बालेर बनेको ब्रिगेटबाट पैसा कमाउनेसमेत भएको छ । राष्ट्र बैंकले नेदरल्यान्डबाट ल्याएको प्रविधिको प्रयोगबाट ब्रिगेट बनाउनेछ भने सो ब्रिगेट सर्वसाधारणलाई समेत बेच्नेछ। फागुन २०७८ मै विराटनगरमा नोट जलाएर ब्रिगेट बनाउने मेसिनको शुभारम्भ भएपनि नियमावली नहुँदा सो काम रोकिएको थियो । अब नियमावली तयार भएर कार्यान्वयनमा गएसँगै झुत्रा नोटबाट ब्रिगेट बनाउने बाटो खुलेको हो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्