काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले प्रतिनिधि सभामा विचाराधिन रहेका अर्थतन्त्रसँग सम्वन्धित विभिन्न विधेयकहरुलाई अघि बढाउन सभामुख अग्नि सापकोटालाई ध्यानाकर्षण गराएको छ । सिंहदरवारस्थित सभामुख सापकोटाको कार्यकक्षमा आज भएको भेटवार्तामा चेम्बरले अर्थतन्त्रसँग सम्वन्धित विभिन्न एघार वटा विधेयकहरु अघि बढाउन सभामुख सापकोटाको ध्यानाकर्षण गराएको हो । चेम्बर अध्यक्ष राजेन्द्र मल्ल सहित पदाधिकारीले सभामुख सापकोटासँग बिचाराधिन अवस्थामा रहेका धेरै विधेयकहरु रोकिँदा नीजि क्षेत्रसँग सम्वन्धित कतिपय समस्याहरु सम्वोधन हुन नसकेको बताएका थिए ।
धितोपत्र सम्वन्धी ऐनलाई संशोधन गर्ने सम्वन्धी विधेयक अर्थसमितिमा छलफलका क्रममा रहेको छ । यस्तै बैंक तथा वित्तिय संस्था सम्वन्धी ऐन २०७३ लाई संशेधन गर्ने सम्वन्धी ऐन पनि अर्थसमितिमा छलफलकै क्रममा रहेको चेम्बरले जनाएको छ । बीमा सम्वन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक पनि अर्थ समितिमा छलफलकै क्रममा रहेकाले संघीय निर्वाचन अघी अर्थसँग सम्वन्धित सबै विधेयक पारित गर्नका लागि पहल गरिदिन अध्यक्ष मल्लले आग्रह गरे। उनले भने, ‘मुलुकको अर्थतन्त्रलाई चलायन बनाउन एवम् प्रतिनिधि सभा र संसदीय विभिन्न समितिमा रोकिएका अर्थतन्त्र सम्वन्धित सवै विधेयकहरुलाई संघीय निर्वाचन अघि पारित गराउन म सभामुखलाई आग्रह गर्दछु, ।’
सभामुखसँगको भेटका क्रममा अध्यक्ष मल्लले मुलुकका व्यवस्थित ढंगले गाँजाको खेती गर्ने वातावरण बनाउन समेत सभामुख लाई आग्रह गरे । गाँजाको व्यवस्थित उत्पादन र निर्यात प्रर्वद्धन गर्न सकिए वर्तमान व्यापार घाटा कम गर्न सकिने अध्यक्ष मल्लको भनाई छ । गाँजा खेतीलाई नियमन तथा व्यवस्थापन गर्न वनेको विधेयकलाई तत्काल अघि बढाउन पनि अध्यक्ष मल्लले सभामुख सापकोटाको ध्यानकर्षण गराए । संघीय निर्वाचन अघि अर्थतन्त्रसँग जोडिएका सबै विधेयकहरु पारित भए मुलुकको आर्थिक क्षेत्रले निकास पाउने अध्यक्ष मल्लले बताए।
चेम्बर पदाधिकारीसँगको भेटका क्रममा सभामुख सापकोटाले रोकिएका विधेयकहरुलाई अघि बढाउन आफुले पहल गर्ने प्रतिवद्धता जनाए। सभामुख सापकोटाले भने, ‘केही विधेयकलाई अघि बढाउन सम्वन्धित निकायमा भनिसकेको छु, । बजेटसँग सम्वन्धित विद्येयकहरु करिव करिव सकिएको छ । अरु विधेयकलाई पनि अड्काउन हुँदैन भन्नेमा सचेत छु ।’
छलफलका क्रममा रहेका आर्थिक विधेयकहरुका सम्वन्धमा सम्वन्धित समितिका सभापतिहरुसँग जानकारी लिने समेत सभामुख सापकोटाले बताए। सबै आर्थिक विधेयकहरुलाई प्राथमिकतामा राखेर अघि बढाउन आफुले पहल गर्ने सभामुख सापकोटाको भनाई छ । सभामुखसँगको भेटका क्रममा चेम्बरका पदाधिकारीले केही विधेयकहरु संसदीय समितिमा झण्डै चारवर्ष देखि रोकिएको र यसले आर्थिक क्षेत्रमा नकारात्मक असर गरेको भन्दै सभामुख सापकोटाको ध्यानाकर्षण गराएका थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्