काठमाडौँ । नेपाल बिज्ञापन संघ (आन) ले २०६० साल देखि शुरु गरेको नेपालको बिज्ञापन श्रृजनशिलतालाई सम्मान गर्ने कृति अवार्डस्को १२ औँ संस्करण यस बर्ष गोल्डेन ओक १२ औँ कृति अवार्डस् भाद्र २६ गते हुने कुरा बुधबार आयोजित एक समारोह बिच घोषणा गरेको छ । यस बर्षको कार्यक्रमको टाईटल स्पोन्सर हिमालयन डिष्टीलरी लि.को गोल्डेन ओक ब्राण्ड रहेको छ ।
राजधानीमा आयोजिक उक्त समारोहमा संघका तर्फबाट अध्यक्ष्य सोम प्रसाद धिताल र कम्पनिका तर्फबाट जावलाखेल ग्रुप अफ इण्डष्ट्रिजका ग्रुप कार्यकारी निर्देशक सशीन जोशीले हस्ताक्षर गरेका हुन् । आनले हरेक बर्ष आयोजना गर्दै आएको उक्त कार्यक्रम कोभिड १९ महामारीका कारण बिगत २ बर्ष देखि हुन सकेको थिएन । कृति अबार्डस् बिज्ञापन क्षेत्र लगायत सम्पूर्ण मिडिया र बिज्ञापनदाताहरुको सामुहिक उत्सवको रुपमा आयोजना गर्ने गरिएको छ ।
उक्त कार्यक्रमलाई सम्बोधन गर्दै जावलाखेल ग्रुप अफ इण्डष्ट्रिजका ग्रुप कार्यकारी निर्देशक सशीन जोशीले मुलुककै समग्र संञ्चार क्षेत्रको समसामयिक ब्यबसायिक परिस्थिती झल्काउने यस प्रतिष्ठित कार्यक्रममा आफ्नो समुहलाई सहभागि गराउन पाएकोमा खुशि व्यक्त गर्दै भविष्यमा पनि सहकार्य गर्न सकिने कुरा बताए । त्यसै गरी नेपाल बिज्ञापन संघका अध्यक्ष सोम प्रसाद धितालले प्रमुख प्रायोजक हिमालयन डिष्टीलरी लि. र गोल्डन ओक ब्राण्डलाई कार्यक्रम प्रायोजनका लागि धन्यबाद व्यक्त गर्दै भविष्यमा पनि नेपाल विज्ञापन संघ र जावलाखेल ग्रुप अफ इण्डष्ट्रिज बिचमा सहकार्य रही रहने विश्वास व्यक्त गरे ।
गोल्डेन ओक १२ औँ कृति अवार्डसमा २०७६ बैशाख १ देखि २०७८ चैत्र मसान्तसम्म भए गरिएका बिज्ञापन तथा प्रबर्धनात्मक रचना तथा कामहरुलाई समाबेश गरिने छ । संघका सदस्य एजेन्सीहरुले २०७९ श्रावण ५ गते देखि भाद्र ४ गते सम्म मनोनयन दर्ता गर्न सकिने कुरा पनि संघले जनाएको छ । सिर्जनशिलताको लागि प्रतिश्प्रधात्मक सम्मानका रुपमा आयोजना हुंदै आएको कृति अवार्डको १२ औँ संस्करण गोल्डेन ओक १२ औँ कृति अवार्डस्मा बिज्ञापन सिर्जनशिलता सम्बद्ध मेन स्ट्रीम, टेक्निकल र क्याम्पियन क्याटेगोरीमा गरी बिभिन्न ३१ बिधामा पुरस्कृत गरिने छ ।
कार्यक्रममा परेका मनोनयनहरु छनौट तथा मुल्याङकनका लागि सुचना, संचार, विज्ञापन र मार्केटिङ क्षेत्रका विज्ञ प्रा.डा.बिजय के.सी., प्रा.डा. भोजराज अर्याल र सुजनराजा श्रेष्ठ सम्मिलित ३ सदस्यिय प्रमुख निर्णायक मण्डल गठन गरिएको छ । यसका अतिरिक्त बिभिन्न बिधामा परेको मनोनयनहरुलाई सम्बन्धित क्षेत्रका बिज्ञ प्रतिष्ठित व्यक्तित्व तथा बिशेषज्ञहरु सहित करिब २५ जना संलग्न हुने छुटा-छुट्टै निर्णायक समितिहरु रहनेछन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्