काठमाडौं । नेपाल इन्भेस्टमेन्ट बैङ्कका सीईओ ज्योतिप्रकाश पाण्डे र शिखर इन्स्योरेन्सका सीईओ दीपप्रकाश पाण्डेलाई पितृ शोक परेको छ । बिहीबार ९० वर्षको उमेरमा पाण्डेद्धयका पिता दुर्गा प्रकाश पाण्डेको निधन भएको हो ।
को हुन् दुर्गा प्रसाद पाण्डे ?
भारतको लखनउ विश्वविद्यालयबाट राजनीति शास्त्रमा एम.ए गरेका स्वर्गीय पाण्डे लेखक हुन् । स्वर्गीय पाण्डेले सन् १९५६ मा पर्यटन सम्बन्धी तालिम लिएका थिए । सन् १९६२ मा उनले अमेरिकाको जर्जटाउन विश्वविद्यालयमा अध्ययन समेत गरे । स्वर्गीय पाण्डे सन् १९६१ मा पर्यटन विभागको उपसचिव समेत भई काम गरेका थिए । नेपालको पर्यटन क्षेत्रमा उनको योगदानलाई अहिले पनि स्मरण गर्ने गरिन्छ ।
सन् १९६६ मा मन्त्रिपरिषद् सचिवालयको विभागीय प्रमुखको जिम्मा सम्हालेका उनले महावाणिज्य दूतावास कलकत्तामा समेत काम गरेका थिए । उनी सन् १९८८ मा वीरगन्ज चिनी कारखानाको अतिरिक्त सचिव, आपूर्ति मन्त्रालयको सचिव समेत भएका थिए । उनले सन् १९९० मा वाणिज्य मन्त्रालयको सेवाबाट अवकाश पाएका थिए । यसो त स्वर्गीय पाण्डेको सन् १९७१, सन् १९७८ र सन् १९९१ को व्यापार तथा पारवहन सन्धि गर्ने कार्यमा विशेष सहभागिता रहेको थियो ।
उनि विभिन्न मानपदवीबाट पनि सम्मानित भएका थिए । सुप्रसिद्ध प्रबल गोरखा दक्षिण बाहु, सुविख्यात त्रिशक्ति पदक तथा दीर्घ सेवा पदकजस्ता मानपदवीबाट सम्मानित भईसकेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्