Skip to content
LAXMI SUNRISE BANK

बढ्यो उपत्यका भित्र चल्ने सार्वजनिक यातायातको भाडा !

अर्थ सरोकार

काठमाडौं ।  बागमति प्रदेश सरकारले सार्वजनिक यातायातको भाडादर बढेको छ । प्रदेश सरकारले बागमति प्रदेशभित्रै चल्ने सवारीसाधनको भाडादरमा ८ प्रतिशतले बढाएको हो ।

प्रदेश सरकारले राजपत्रको सुचना प्रकाशित गर्दै बिहीबारदेखि नै लागु हुनेगरी उपत्यकामा चल्ने सार्वजनिक सवारीसाधनको भाडादर बढाएको  छ । नयाँ भाडादर अनुसार ५ किलोमिटरको दुरीसम्म २० रुपैयाँ तोकिएको छ । त्यसैगरि १० किलोमिटरसम्म २७ रुपैयाँ, १५ किलोमिटरसम्म ३२ रुपैयाँ, २० किलोमिटरसम्म ३५ रुपैयाँ र २० किलोमिटरदेखि माथि ४० रुपैयाँ भाडादर तोकिएको हो ।

यसअघि ५ किलोमिटरसम्म २० रुपैयाँ थियो भने १० किलोमिटरसम्म २५, १५ किलोमिटरसम्म ३०, २० किलोमिटरसम्म ३३ र २० किलोमिटरभन्दा माथि ३८ रुपैयाँ कायम थियो ।

यस्तो छ नयाँ भाडादर:

999

 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK