×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मौद्रिक नीति : अब काठमाडौंमा घरजग्गा राखेर ३० प्रतिशत भन्दा बढी ऋण नपाइने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

मौद्रिक नीति : अब काठमाडौंमा घरजग्गा राखेर ३० प्रतिशत भन्दा बढी ऋण नपाइने

Artha Sarokar

६ श्रावण २०७९, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । चालु आर्थिक वर्षको मौद्रिक नीतिले काठमाडौंमा घरजग्गा राखेर ३० प्रतिशत भन्दा बढी ऋण लिन नपाइने व्यवस्था गरेको छ । मौद्रिक नीति सार्वजनिक गर्दे राष्ट्र बैंकले घरजग्गा कर्जामा कडाई गरेको हो ।

गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति सार्वजनिक गर्दै यो कडाईले घरजग्गा कारोबारलाई थप संकुचित बनाउने बताएका छन् । पछिल्लो समयमा तरलता अभावका कारण घरजग्गा कारोबार घट्न थालेको प्रक्षेपण गर्दै अधिकारीले बैंक तथा वित्तीय संस्थाबाट धितो सुरक्षणको फेयर मार्केट भ्यालुबीचको अनुपात काठमाडौंभित्र ३० प्रतिशत र अन्य स्थानको हकमा बढीमा ४० प्रतिशतसम्म कायम गर्नुपर्ने व्यवस्था गरेको जनाएका छन् ।

यसअघि काठमाडौं उपत्यका भित्र अनुपात ४० प्रतिशत र अन्य स्थानको हकमा बढीमा ५० प्रतिशत थियो ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी