×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

माछापुच्छ्रे बैंकको खुद नाफामा ३४.४३ प्रतिशतले वृद्धि, अन्य सूचकमा पनि उल्लेख्य बढोत्तरी (विवरणसहित)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

माछापुच्छ्रे बैंकको खुद नाफामा ३४.४३ प्रतिशतले वृद्धि, अन्य सूचकमा पनि उल्लेख्य बढोत्तरी (विवरणसहित)

८ श्रावण २०७९, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । माछापुच्छ्रे बैंकको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै खुद नाफामा ३४.४३ प्रतिशतले वृद्धि भएको छ । बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गर्दै अघिल्लो वर्षको भन्दा ३४ प्रतिशत बढी खुद नाफा कमाएको जनाएको छ ।

बैंकले गत आर्थिक वर्षको अन्त्यसम्मा २ अर्ब १६ करोड ९ लाख खुद नाफा कमाएको छ । अघिल्लो वर्ष बैंकको सोही अवधिमा खुद नाफा १ अर्ब ६० करोड ७४ लाख रुपैयाँ कमाएको थियो । बैंकले प्रकाशित गरेको गत आर्थिक वर्षको अन्त्यसम्मको अपरिष्कृत विवरण अनुसार बैंकमा अघिल्लो आर्थिक वर्षको तुलनामा उल्लेख्य सुधार भएको देखिएको छ ।

बैंकको खुद ब्याज आम्दानी १६.६७ प्रतिशत र खुद फि तथा कमिसन आम्दानीमा १४.९५ प्रतिशतले वृद्धि भएको छ । त्यस्तै बैंकको कुल सञ्चालन आम्दानी १२.९० प्रतिशत बढ्दा सञ्चालन मुनाफा २६.७५ प्रतिशत बढेको छ । इम्पेरमेन्ट चार्ज घटेसँगै खुद ब्याज आम्दानीको तुलनामा सञ्चालन मुनाफा धेरै बढ्न पुगेको बैंकको प्रक्षेपण रहेको छ । असार मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा १ अर्ब ३२ करोड ८४ लाख रुपैयाँ रहेको छ । नाफासँगै बैंकको प्रतिशेयर आम्दानी (ईपीएस) पनि बढेको छ । समीक्षा अवधिमा बैंकको ईपिएस ३ रुपैयाँ ३१ पैसा बढेर २१ रुपैयाँ ७ पैसा पुगेको छ । सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १२.०६ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १४५ रुपैयाँ ७० पैसा रहेको छ ।

त्यस्तै गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकको चुक्ता पूँजी १३.३० प्रतिशत बढेको छ । जगेडा कोषमा २२.९० प्रतिशतले वृद्धि भएको छ भने बैंकको निक्षेप १०.१९ प्रतिशत र कर्जा १३.२० प्रतिशत बढेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी