काठमाडौं । धौलागिरी लघुवित्तले आइपीओ निष्कासन गर्ने भएको छ । लघुवित्तले साउन २४ गतेदेखि सर्वसाधारणका लागि ३ करोड ३१ लाख रुपैयाँ बराबरको प्रतिकित्ता १०० अंकित मूल्यका दरले ३ लाख ३१ हजार कित्ता साधारण सेयर निष्कासन गर्ने भएको हो ।
यो मध्ये १६ हजार ५५० कित्ता सामुहीक लगानी कोष र ५ हजार १५५ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । बाँकी ३ लाख ९ हजार २९५ कित्ताका लागि सर्वसाधारणले साउन २९ गतेसम्म आवेदन दिनसकिने कम्पनिले जनाएको छ । सो अवधिमा सबै सेयर बिक्री नभएमा भदौ ७ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको हो ।
लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले सि–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् । यो आइपीओमा सनराइज क्यापिटलले बिक्री प्रबन्धकको काम गरिरहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्