×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कर्मको फल : २ पटक ‘बैंक अफ दी एयर’ पाएको एनआईसी एशियाको वित्तीय प्रतिवेदन पनि उत्कृष्ट, सीइओलाई ‘बेष्ट मेनेजर’को ताज !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

कर्मको फल : २ पटक ‘बैंक अफ दी एयर’ पाएको एनआईसी एशियाको वित्तीय प्रतिवेदन पनि उत्कृष्ट, सीइओलाई ‘बेष्ट मेनेजर’को ताज !

Artha Sarokar

९ श्रावण २०७९, सोमबार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

काठमाडौँ । अब्बल काम गरेपछि त्यसको नतिजा देखिन्छ नै । अझ पब्लिक लिमिटेड कम्पनीले राम्रो काम गर्दा त्यसको राम्रो असर समाजमा सिधा असर पर्ने हुनाले पनि समाजले त्यसको मूल्यांकन गरिरहेको हुन्छ । ‘राम्रो कामलाई प्रोत्साहन गर्ने’ समाजका विभिन्न अंगहरुले देशकै निजीस्तरको नम्बर १ बैंक एनआईसी एशियालाई पनि पटक पटक सम्मान गर्दै आएको छ । यसले नेपाली समाजमा बैंकले गरेको योगदानको मूल्यांकन त भएको छ नै, बैंकप्रतिको ग्राहकको विश्वास पनि अझै बढाएको छ । एनआईसी एशिया बैंकले तत्कालीन एनआईसी एशिया हुँदा पाएको बैंक अफ दी एयर अवार्ड होस् वा एनआईसी एशिया बैंक भईसकेपछि पाएको बैंक अफ दी एयर अवार्ड होस्, बैंकप्रतिको जनताको विश्वासलाई यसले थप टेवा पुर्याएको छ । अझ बैंकले पाएको उत्कृष्ट वित्तीय प्रतिवेदन अवार्डले त झन्, समग्र सेयरधनीलाई पनि बैंकप्रतिको विश्वासको मत थप गरिदिएको छ । बैंकको नेतृत्व गरिरहेका प्रमुख कार्यकारी अधिकृत रोशन न्यौपानेले पाएको विभिन्न उच्च तहका सम्मानले पनि बैंकले गरिरहेको प्रगतिलाई थप प्रष्ट पारेको छ ।
दुई पटक ‘बैंक अफ दी एयर’को अवार्ड !
बैंकले तत्कालीन एनआईसी बैंक हुँदा आर्थिक बर्ष २०६४-६५ मा बैंक अफ दी एयर अवार्ड प्राप्त गरेको थियो । निकै प्रतिष्ठित मानिने यो अवार्ड बैंकले बि. सं २०७०-७१ मा पुन: पायो । तत्कालीन बैंक अफ एशियासँग मर्जरमा गईसकेपछि बैंक कस्तो भयो होला भन्ने आम नागरिकको चासोलाई यो अवार्डले प्रष्ट पारिदियो । बैंक गतिशील भएर अगाडी बढेको छ भन्ने विश्वास बढाउन यो बैंकले थप मौका पायो । विदेशी अंग्रेजी पत्रिकाले प्रदान गर्ने निकै प्रतिष्ठित यो अवार्ड नै धेरै बैंकहरुको प्रगतिको मापक बन्दै आएको छ । बैंकले दुई-दुई पटक पाएको यो अवार्डले बैंकको लय बुझ्न सकिने जानकारहरुको बुझाई छ ।
आइक्यानको प्रतिष्ठित बिपीए अवार्ड
एनआईसी एशिया बैंक लिमिटेड द इन्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ नेपाल (आइक्यान) ले प्रदान गर्ने उत्कृष्ट वित्तीय प्रतिवेदन अवार्डबाट सन् २०१८ बाट सम्मानित भएको थियो । बैंकहरुका वार्षिक वित्तीय प्रतिवेदनहरुलाई उछिन्दै एनआईसी एशिया बैंकले सो अवार्ड जित्न सफल भएको थियो । तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाले आइक्यानद्वारा आयोजित एक समारोहका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेलाई उक्त अवार्ड प्रदान गरेका थिए ।
आइक्यानले सन् २००३ देखि हरेक वर्ष विभिन्न विधामा सर्वोत्कृष्ठ वार्षिक प्रतिवेदन तयार गर्ने संस्थाहरुलाई सम्मानित गर्दै आइरहेको छ । यस अवार्ड प्राप्त गर्ने वित्तीय संस्थालाई आफ्नो वार्षिक वित्तीय प्रतिवेदन सरोकारवाला व्यक्ति तथा निकायहरुलाई समयमै उपलब्ध गराउने र सर्वोत्कृष्ट वित्तीय पारदर्शिताको अभ्यास गर्ने संस्थाको रुपमा लिइन्छ । आइक्यानले वितरण गर्ने यो अवार्डलाई अन्तराष्ट्रिय मान्यतासमेत प्राप्त छ । यो अवार्ड जित्ने संस्थाले साफास्तरिय प्रतियोगितामासमेत भाग लिन पाउने व्यवस्था छ ।
२०७६ मा राष्ट्रिय पदक, २०७९ मा मेनेजर ‘म्यानेजर अफ द एयर अवार्ड’
यसो त व्यवस्थापनमा अब्बल देखिएको एनआईसी एशिया अबैंकका सीइओले बैंकमा गरेको कामकै कारण नेपाल व्यवस्थापन संघले न्यौपानेलाई ‘म्यानेजर अफ द एयर अवार्ड’ २०७९ मा प्रदान गरेको थियो । संघले व्यवस्थापन क्षेत्रमा पुर्याएको योगदान र अनुकरणीय नेतृत्व कुशलताको कदर गर्दै यो अवार्ड प्रदान गरेको जनाएको छ । नेपाल व्यवस्थापन संघ व्यवस्थापकहरुको संस्था हो । संघले विभिन्न विधामा हरेक बर्ष यस्ता अवार्डहरु प्रदान गर्ने गर्दछ । नेपाल व्यवस्थापन संघजस्तो प्रतिष्ठित संस्थाले दिएको यो अवार्डले पनि बैंकको व्यवस्थापकीय सक्षमतालाई थप स्पष्ट पारेको छ ।
यस्तै एनआईसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) रोशनकुमार न्यौपानेलाई प्रबल जनसेवा श्री (चतुर्थ श्रेणी)बाटसमेत सम्मानित भएका थिए । संविधान दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रबल जनसेवा श्री (चतुर्थ श्रेणी) द्वारा न्यौपानेलाई विभूषितगरिएको थियो । सरकारले संविधान दिवसका अवसरमा मुलुकका विभिन्न क्षेत्रमा योगदान गरेका व्यक्तित्वहरु विभिन्न पदवीबाट विभूषित गर्ने गरेको छ । नेपाल सरकारको सिफारिसमा मुलुकको समग्र बैंकिङ्ग क्षेत्रमा न्यौपानेले पुर्‍यााएको योगदानको कदर स्वरुप संविधान दिवस २०७६ को अवसरमा सो पदवीको घोषणा भएको थियो ।
यस्तै ग्लोबल बिजनेश आउटलुक लण्डनबाट बैंकिङ सीईओ अफ द एयर नेपाल २०२१ अवार्ड पाएका न्यौपानेलाई नेपालकै एक संचारमाध्यमले पनि उत्कृष्ट सीइओको अवार्ड प्रदान गरेको थियो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी