काठमाडौं । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । बिक्री प्रबन्धकमा रहेको सिद्धार्थ क्यापिटलले सोमबार बिहान कम्पनीको आईपीओ बाँडफाँट गरेको हो । कम्पनीले असार २९ गते देखि साउन १ गते सम्म सर्वसाधारणलाई २३ लाख ६६ हजार २ सय ४० कित्ता आईपीओ विक्री खुला गरेको थियो । सार्वजनिक निष्कासन गरेको कुल सेयरमध्ये १ लाख १८ हजार ३ सय १२ कित्ता सामुहिक लगानी कोषका लागि छुट्याइएको थियो ।
त्यस्तै कम्पनीले ७० हजार ९ सय ८८ कित्ता सेयर कम्पनीका कर्मचारीको लागि छुट्याइएको थियो भने बाँकी रहेको २१ लाख ७६ हजार ९ सय ४० कित्ता सर्वसाधारणबाट आवेदन माग गरेको थियो । उक्त सार्वजनिक निष्कासनमा १४ लाख ९१ हजार ७ सय २२ जनाबाट १ करोड ६२ लाख ७६ हजार ६ सय १० कित्ताको आवेदन परेको थियो । जसमध्ये १४ सय २४ जनाको आवेदन रद्द हुँदा १४ लाख ९० हजार २ सय ९८ जना आवेदको आवेदन सदर भएको बिक्री प्रवन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ ।
त्यस्तै धितोपत्र निष्कासन तथा बाँडफाँट कार्यविधि अनुसार गोलाप्रथाबाट २ लाख १७ हजार ६ सय ९४ जना आवेदकले १० कित्ताका दरले सेयर पाएका छन् । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट आयोजना प्रभावित स्थानिय र सर्वसाधारणका लागि २९ करोड ४१ लाख ४१ हजार बराबरको २९ लाख ४१ लाख ४१ हजार कित्ता सेयर निष्कासनको लागि अनुमति प्राप्त गरेको थियो । जसमध्ये आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि निष्कासन गरेको बिक्री नभएको ३७ हजार ६२३ कित्ता समेत जोडेर कम्पनीले सर्वसाधारणलाई आईपीओ निष्कासन गरेको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्