×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एक वर्षमा ४१ अर्बको मोबाइल भित्रियो, ६ अर्ब ५४ करोड भन्सार राजस्व संकलन

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

एक वर्षमा ४१ अर्बको मोबाइल भित्रियो, ६ अर्ब ५४ करोड भन्सार राजस्व संकलन

Artha Sarokar

९ श्रावण २०७९, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपालमा पछिल्लो समय महँगा मूल्यका स्मार्टफोनको प्रयोग उच्च दरमा बढ्न थालेको छ । एक वर्षको अवधिमा करिब ४१ अर्बको मोबाइल आयात भएको छ । एक वर्षमा ४० अर्ब ८९ करोड ३६ लाख मूल्य बराबरको मोबाइल आयात भएको हो ।  स्मार्टफोनको माग बढेपछि बार फोनको आयात कम हुँदै गएको छ भने स्मार्टफोनको माग र आपूर्ति बढ्दो छ । स्मार्टफोनको उच्च दरमा माग बढेपछि नेपाल सरकारले  ३०० डलरभन्दा बढी मूल्यका स्मार्ट फोनको आयातमै रोक लगाएको छ ।

गत आर्थिक वर्ष २०७८/७९ मा ५७ लाख ६३ हजार वटा फोन नेपाल भित्रिएका छन् । त्यसमध्ये १ लाख ७६ वटा सेट महँगा स्मार्टफोन हुन् । २ अर्ब ८२ करोड मूल्यमा महँगा समार्ट फोन नेपाल भित्रएको भन्सार विभागको तथ्यांकले बताएको छ । १२ महिनामा भन्सार विभागले मोबाइल फोनबाट ६ अर्ब ५४ करोड भन्सार राजस्व पनि संकलन गरेको छ । २०७७/७८ मा ३६ अर्ब ९० करोड मूल्यको ७० लाख ३० हजार मोबाइल सेट नेपालमा आयात भएको थियो ।

गत वर्षको समीक्षा अवधिमा मोबाइल सेटको संख्या १२ लाख ६७ हजारले घटेपनि अन्तर्राष्ट्रिय बजारमा आयातकर्ताले तिरेको मूल्य करिब ४ अर्ब रुपैयाँले बढेको विभागको तथ्यांकले देखाएको छ। गुणस्तरीय स्मार्ट फोनको माग बढ्दै गएकाले पनि महँगा फोनको आयात बढेको हो । महँगा फोनको आयात बढ्दा समग्र संख्या घट्दा समेत फोन किने बापत बाहिरिने विदेशी मुद्राको दर बढेको छ ।

नेपाल मोबाइल व्यवसायी संघ अध्यक्ष पुरुषोत्तम बस्नेतकाका अनुसार कोरोनाको महामारी सुरु भएपछि अडियो र भिडियो कल, भिडियो कन्फ्रेन्सिङ, अनलाइन कक्षा लगायत गतिविधि गर्नसक्ने फोनको माग धेरै छ । विभिन्न पेशा-व्यवसाय गर्नेहरु इमेल गर्न, एसमएस पठाउन, पढ्न, वर्ड/पावर प्वाइन्ट लगायत गर्न मिल्ने फोन खोजिरहेका छन् । ठूलो स्क्रिन भएको फोनमा पनि ग्राहकको रुची बढ्दो छ । ह्यांग नहुने र लामो समय नतात्ने फोन खोज्नेहरु धेरै छन् ।

अहिले मोबाइलमा भिडियो हेर्ने, गेम खेल्ने र मल्टिमिडया प्रयोग गर्नेहरु उत्तिकै छन् । राम्रो गुणस्तरको फोटोरभिडियो खिच्ने फोन किन्नुपर्ने आम मानसिकता बनेको छ । २० हजारदेखि ४० हजारसम्मका फोन किन्नेको संख्या अधिक रहेको छ । बार फोन बोक्नेहरु स्मार्ट फोनमा ‘अपग्रेड’ हुँदैछन् भने नेपालमा ग्रामीण दूरसञ्चार सेवा बढ्दै गएकाले पनि यस्तो मोबाइलको प्रयोग बढेको हो । नेपाल टेलिकम र एनसेलले सेवा विस्तार गर्दै गुणस्तर पनि सुधार्दै लगेकाले मोबाइल बजारमा त्यसको प्रभाव देखिएको छ ।

विदेशबाट आउने रेमिट्यान्सको रकम ‘कनेक्टिभिटी’ को साधनमा पनि खर्च गर्ने क्रम बढ्दो छ । ‘वाइफाइ’ इन्टरनेट चलाउनेहरुका लागि मोबाइल सहज साधन मानिन्छ ।  अनलाइन कक्षा, भर्चुअल मिटिङ लगायतमा पुराना डिभाइसबाट काम नचल्ने भएपछि नयाँ किन्न पर्ने बाध्यता सिर्जना भएकाले मोबाइलको बजार चम्किन पुगेको हो ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी