×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘खाने मुखलाई जुँगाले छेक्दैन’ भनेझैँ प्रतिबन्धमा पनि आयात भयो ३ करोड बढीको मदिरा…

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

‘खाने मुखलाई जुँगाले छेक्दैन’ भनेझैँ प्रतिबन्धमा पनि आयात भयो ३ करोड बढीको मदिरा…

Artha Sarokar

९ श्रावण २०७९, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । ‘खाने मुखलाई जुँगाले छेक्दैन’ भनेझैँ प्रतिबन्धमा लाग्दा लाग्दै पनि ३ करोड बढीको मदिरा आयात भएको छ। साढे तीन महिनासम्म आयात प्रतिबन्ध लागेको आर्थिक वर्ष २०७८/०७९ ( साउन २०७८/असार २०७९ सम्म) मा ३ अर्ब ७१ करोड मूल्य बराबरको विदेशी मदिरा नेपाल भित्रिएको छ । यो आयात गत वर्षको तुलनामा  १ अर्ब ६ करोड ८ लाख रुपैयाँले बढी देखिएको हो।

भन्सार विभागले सार्वजनिक गरेको गत आर्थिक वर्षको अन्तर्राष्ट्रिय व्यापार प्रतिवेदन अनुसार नेपालले यस अवधिमा ६ लाख ७७ हजार ३ सय ७१ लिटर विदेशी मदिरा आयातका लागि ३ अर्ब ७१ करोडको १५ लाख १६ हजार रुपैयाँ बराबरको विदेशी मुद्रा खर्च भएको छ ।

यस बापत सरकारले ५ अर्ब ५० करोड ८९ लाख ७० हजार रुपैयाँ राजश्व संकलन गरेको छ । आर्थिक वर्ष ०७७/०७८ मा नेपालले २ अर्ब ६५ करोड ७ लाख ११ हजार रुपैयाँको ६१ लाख ५६ हजार ३ सय ३८ लिटर मदिरा आयात गरेको थियो । १३ चैत २०७८ देखि सरकारले रक्सी आयात रोकेको थियो ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी