काठमाडौँ । बैंकिङ कसूरको मुद्दामा फरार रहेकी एक प्रतिवादी पक्राउ परेकी छन् । काठमाडौं महानगरपालिका वडा नं. १३, बाफल बस्ने ४२ बर्षिय निशा गुरुङ सो कसुरमा पक्राउ परेकी हुन् ।
उनले आफ्नो कुमारी बैंक लिमिटेड, दरबारमार्ग शाखा कार्यालय, काठमाडौंमा रहेको निजको खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी-जानी जाहेरवालालाई झुक्यानमा पारी चेक काटी दिई बैंकिङ कसूरजन्य अपराध गरेको ठहर भएको थियो । उच्च अदालत पाटनले उनीमाथि बैंकिङ कसूर तथा सजाय ऐन २०६४ बमोजिम ५ दिन कैद र २३ लाख १४ हजार २ सय ५० जरिवाना सुनाएको थियो। उनलाई काठमाडौं, टोखाबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिएको छ ।