काठमाडौं । साताको कारोबारको अन्तिम दिन शुक्रबार सुनको मूल्य बढेको छ । बिहिबार ९४ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज पनि ८ सय रुपैयाँले बढेर ९५ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
यता चाँदीको मूल्य पनि ३५ रुपैयाँले बढेर १ हजार २ सय २० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम सुनको मूल्य ८१ हजार ९ सय ६० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ४६ रुपैयाँ कायम गरेको छ ।