×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

खुल्यो सयपत्री हाइड्रोपावरको ७ लाख २१ हजार ६० कित्ता आइपीओ, कहिलेसम्म दिन पाइन्छ आवेदन ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

खुल्यो सयपत्री हाइड्रोपावरको ७ लाख २१ हजार ६० कित्ता आइपीओ, कहिलेसम्म दिन पाइन्छ आवेदन ?

Artha Sarokar

१३ श्रावण २०७९, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सयपत्री हाइड्रोपावरले आइपीओ जारी गरेको छ । कम्पनीले (आज) साउन १३ गतेदेखि सर्वसाधारणका लागि आयोजना प्रभावित स्थानीयले नकिनेको १ लाख २१ हजार ६० कित्ता समेत थप गरी कुल ७ लाख २१ हजार ६० कित्ता सेयर निष्कासन गरेको हो । यसमध्ये ५५ अर्थात ३६ हजार ५३ कित्ता सेयर समूहिक लगानी कोष र २५ अर्थात १४ हजार ४२१ कित्ता सेयर कम्पनीका कर्मचारीहरुका लागि छुट्याइएको छ ।

बाँकी ६ लाख ७० हजार ५ सय ८३ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । उक्त आइपीओमा साउन १७ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै सेयर बिक्री नभएमा साउन २७ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम ३० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् ।

यसमा एनआइबीएल एस क्यापिटलले बिक्री प्रबन्धकको काम गरेको छ । लगानीकर्ताले सि-आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् । रेटिङ एजेन्सी कियर नेपालले सयपत्री हाइड्रोपावरलाई मध्यम जोखिम जनाउने ‘केयरएनपी डबल बी आइएस’ रेटिङ दिएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी