काठमाडौँ । रिलायन्स र सानिमा लाइफ इन्सुरेन्सले मर्जर सम्झौता गरेपछि गत असार २९ गतेदेखि यी दुवै कम्पनीको सेयर करोबार रोक्का भएको थियो । मर्जर सम्झौता पछि कारोबार रोक्का रहेको रिलायन्स लाइफ इन्स्योरेन्सको सेयर शुक्रबार नेप्सेमा कारोबार भएको देखिएको छ । कम्पनीको सेयर मुल्यमा पोजेटिभ सर्किट समेत लागेको हो। कम्पनीको फ्लोरसिट हेर्दा ६१० कित्ता सेयर किनबेच हुँदा २ लाख २४ हजार १ सय २६ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
कम्पनीको सेयर कारोबार कसरी भयो भन्ने बिषयमा अनुसन्धान अघि बढाइएको नेप्सेले जानकारी गराएको छ । प्राविधिक त्रुटिका कारणले नै कम्पनीको कारोबार भएको भएपनि कसरी उक्त त्रुटि भयो भन्ने अध्ययन भइरहेको नेप्सेका एक अधिकारीले जानकारी गराएका छन ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्