×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

तत्कालीन अर्थमन्त्री शर्माले अनधिकृत व्यक्तिलाई प्रवेश नगराएको छानबिन समितिको ठहर

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

तत्कालीन अर्थमन्त्री शर्माले अनधिकृत व्यक्तिलाई प्रवेश नगराएको छानबिन समितिको ठहर

Artha Sarokar

१३ श्रावण २०७९, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले बजेटको अघिल्लो राति अनधिकृत व्यक्तिलाई अर्थ मन्त्रालय प्रवेश गराएर करका दर हेरफेर गरेको आरोप लागेको थियो । आरोपपछि  शर्माले राजीनामा समेत दिएका थिए ।

अनधिकृत व्यक्तिलाई अर्थ मन्त्रालय प्रवेश गराएर करका दर हेरफेर गरेको आरोपबारे छानबिन गर्न बनेको संसदीय विशेष समितिले शुक्रबार प्रतिवेदन बुझाएको छ । संसदीय विशेष समितिले करको दर निर्धारणमा अनधिकृत व्यक्तिको प्रवेश नरहेको निष्कर्ष निकालेको छ ।

समितिका सदस्य लक्ष्मणलाल कर्णले प्रतिनिधि सभाको शुक्रबार बसेको बैठकमा प्रतिवेदन पेश गरेका हुन्। प्रतिवेदनमा अनधिकृत व्यक्तिको संलग्नता नरहेको उल्लेख गरिएको छ ।

अर्थ मन्त्रालयबाट प्राप्त जवाफ, कागजात, प्राप्त भएको सीसीटीभी फुटेजको अध्ययन गरेको समितिले भनेको छ, ‘हालसम्म समितिले गरेका छानबिन र संकलन गरेका प्रमाणका आधरामा करका दर निर्धारणमा अनधिकृत व्यक्ति प्रवेश गरेको देखिएन । ‘यससँगै करका दर हेरफेरमा अनधिकृत व्यक्तिको प्रभावको प्रसंग सादर्भिक नरहेको समितिले बताएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी