काठमाडौँ । काठमाडौँमा भूकम्पको धक्का महसुस गरिएको छ । आइतबार बिहान ८ बजे काठमाडौँ उपत्यका र आसपासका केही अन्य जिल्लाहरुमा भूकम्पको धक्का महसुस गरिएको छ ।
आइतबार महसुस गरिएको भूकम्पको केन्द्रबिन्दु खोटाङ्ग जिल्ला रहेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । केन्द्रका अनुसार खोटाङको हलेसी आसपासलाई केन्द्रविन्दु बनाएर गएको भूकप्प ६ म्याग्नेच्युडको रहेको थियो । भूकम्पपछिको अवस्था र क्षतिको बारेमा थप विवरण आउन बाँकी छ ।