×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जनार्दन शर्मा पुन : अर्थमन्त्री बन्दै, आजै सपथ

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

जनार्दन शर्मा पुन : अर्थमन्त्री बन्दै, आजै सपथ

Artha Sarokar

१५ श्रावण २०७९, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्मा पुन नियुक्त हुने भएका छन्। शर्माले आजै अर्थमन्त्रीको सपथ लिने भएका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा छलफल गरेर आज प्रधानमन्त्री शेरबहादुर देउवालाई शर्मालाई नै अर्थमन्त्रीमा नियुक्त गर्न सिफारिस गरेका छन् ।

प्रधानमन्त्रीले शर्माको नाम राष्ट्रपति निवास पठाएपछि आजै उनले पद तथा गोपनियताको सपथ लिने भएका हुन् ।

शर्माले आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई प्रवेश गराएर करका दर हेरफेर गरेको आरोप लागेपछि शर्माले गत असार २२ गते राजीनामा दिएका थिए ।
सोहि दिन उनीमाथि छानबिन गर्न संसदीय विशेष समिति निर्माण भएको थियो। छानबिन समितिले उनीमाथि छानबिन गर्ने क्रममा अर्थ मन्त्रालयमा अनधिकृत व्यक्तिको  प्रवेश नदेखिएको निस्कर्ष निकालेको हो।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी