काठमाडौँ । बैंकिङ कसूरको मुद्दामा फरार रहेका एक प्रतिवादी पक्राउ परेका छन् । गुल्मी जिल्ला सत्यवती गाउँपालिका वडा नं.६ घर भई हाल ललितपुर जिल्ला भैसीपाटी बस्ने ५४ वर्षिय शंकर प्रसाद भण्डारी सो कसुरमा पक्राउ परेका हुन् ।
भण्डारीलाई मिति २०७९/०४/१५ गते कलंकी काठमाडौँबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि काठमाडौँ जिल्ला अदालतमा पेश गरिएको छ ।