काठमाडौं । हिमालयन बैंक र बैंक अफ काठमाडौंले चीनमा परेको मुद्धा जितेका छन् । मेलम्ची खोनेपानी आयोजनासँग सम्बन्धित जमानतमा भएको नोक्सानी असुलउपरको मुद्धा विगत १० वर्षदेखी चीनमा चलिरहेको थियो । सोही मुद्धा गत शुक्रबार दुबै बैंकले जितेका हुन् । मुद्धा जितेसँगै अब दुबै बैंकले डेढ अर्ब रुपैँयाभन्दा बढी रकम फिर्ता पाउने भएका छन् ।
सो मुद्धामा यसअघि हिमालय बैंक र बैंक अफ काठमाडौँले जित हासिल गरेको थिए । तर, हारेको पक्ष माथिल्लो अदालतमा जाने बाटो खुला भएपछि सो मुद्धामा पुनः सुनुवाई भएको थियो । अब भने चीनको माथिल्लो निकायबाटै फैसला भएपछि दुबै बैंकले पूर्ण रुपमा मुद्धा जितेका छन् । मुद्धा हारेसँगै चाइना कन्स्ट्रक्सन बैंले दुवै बैंकको पैसा फिर्ता गर्नुपर्ने भएको छ । सोही अनुसार रकम फिर्ता गर्नको लागि बुधबार पत्र पठाउने दुबै बैंकले जनाएका छन् ।
१० वर्षदेखि सोही मुद्धाका कारण रोकिएको बैंक अफ काठमाडौंको ६६.२५ लाख अमेरिकी डलर र १४.११ लाख यूरो तथा थप हर्जना फिर्ता पाउने छ । त्यस्तै हिमालयन बैंकले पनि ७० करोड रुपैयाँ फिर्ता पाउने भएको छ । मेलम्ची खानेपानी आयोजनाको ठेक्का पाएको चाइना रेल्वेकाका तर्फबाट ग्यारेन्टी बसेको चीनको बैंक चाइना कन्स्ट्रक्सन बैंकले हिमालयन बैंक र बैंक अफ काठमाण्डूलाई काउन्टर ग्यारेन्टी दिएको थियो । उक्त जमानतसम्बन्धी परेको भुक्तानी मुद्दा दुबै बैंकले जितेपछि जमानतबापतको रकम फिर्ता पाउने भएका हुन् ।